जनकपुरः मुँग्रो प्रहार गरी महिलाको विभत्स हत्या, श्रीमानसहित ६ जना पक्राउ
सो घटनामा मृतकको श्रीमान, श्रीमानको भतिजोसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खडकाले जानकारी दिए ।

२०७९ पुस १२ मंगलबार, बिहान १०:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी क्षेत्रस्थित एक महिलाको विभत्स हत्या भएको खवर प्राप्त भएको छ ।
धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ७ बेलापट्टिस्थित एक महिलालाई बाँसको मुँग्रो प्रहार गरी विभत्स हत्या भएको बताइएको छ ।
आईतबार साँझ करिब ५ बजेको समयमा विदेह नगरपालिका वडा नं. ७ बेलापट्टि बस्ने स्थानीय श्रीराम साहकी अन्दाजी ३२ बर्षिय श्रीमति कविता साहको हत्या भएको हो ।
घरायसी विवादको कारण कवितलाई मुँग्रो प्रहार गरी हत्या गरेको बताइएएको छ । कवितालाई सयौँ मुँग्रा प्रहार गरी विभत्स तरिकाले हत्या भएको स्थानीयहरुले बताएका छन् ।
मृतको श्रीमान श्रीराम साहले सुरुमा करेन्ट लागेर मृत्यू भएको भनेपनि प्रहरीले घटना शँकास्पद देखेपछि प्रारम्भिक अनुसन्धानको क्रममा हत्या भएको बताइएको छ ।
सो घटनामा मृतकको श्रीमान, श्रीमानको भतिजोसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खडकाले जानकारी दिए ।
अहिले घटना अनुसन्धानकै क्रममा रहेको तथा सोधपुछको लागि ६ जनालाई नियन्त्रणमा लिएको एसपी खडकाले न्यूजब्यूरोसँग भने । ्
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…