सिन्धुली र उदयपुरका बौद्धिक अपांगता भएका विद्यार्थी लक्षित श्रोत कक्षामा पुग्दा
प्रदिप, म अनि गाडीको साथी उनिहरुकै गफ गर्दै काठमाडौँ फर्कियौँ । फर्किँदा बाटोभरी मोहन, रोशिका, निशा अनि अरु बालबालिका छाइरहे मन मस्तिष्कभरी । संगै हिरादेवी र उनका साथीहरु पनि मनभरी थिए । मैले मनमनै सोचेँ उनिहरु भाग्यमानी छन्, उनिहरुले पढ्न पाएका छन्, सिक्न पाएका छन्, खान, हाँस्न खेल्न पाएका छन् । यसैगरि देशैभरका बौद्धिक अपांगता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउने र सिक्ने, पढ्ने वातावरण पुर्याउनु जरुरी छ भन्ने मनमा लागिरह्यो ।
२०७९ पुस ११ सोमबार, बेलुकी ६:२४ बजे५ मिनेट पढाइ

मातृका सुवेदी, काठमान्डौँ । सिन्धुलीको मुल्कोट पुग्दा बिहानको ११ः३० भइसकेको थियो । १० बजे आइपुग्नेबारे हामिले त्यहाँ स्थित पशुपती आधारभुत विद्यालयलाई जानकारी गराएका थियौँ ।
केही ढिलो गरि पुगेकोमा क्षमा माग्दै थालिहाल्यौँ हाम्रो काम । हामि बौद्धिक अपांगता भएका बालबालिका (विद्यार्थी) लाई लक्षित गर्दै पशुपती आधारभुत विद्यालयमा विगत २ वर्ष देखि संचालनमा ल्याइएको श्रोत कक्षाको अवलोकन र दृश्य छायाँकनका लागि पुगेका थियौँ । साथमा थिए क्यामेरा पर्शन प्रदिप । हामिलाई लिएर गएका गाडीका साथीको घर नजिकै भएको र घरमा सानो बच्चा भएकाले उनि केही घण्टाको समय सदुपयोग गर्न घरतिर लागे, हामी कामतिर ।
.png)
एकैछिन प्रधानाध्यापक निर्मला म्याडमसंग कामबारे कुरा गरिसकेपछि हामि बौद्धिक अपांगता श्रोत कक्षामा गयौँ । हामि कक्षामा छिर्ने बित्तिकै सबै बालबालिकाले नमस्कार गर्दै स्वागत गरे । उनिहरु जिज्ञासु देखिन्थे, हामी को हौँ, कहाँबाट आयौँ किन आयौँ हामिले बोकेको सामान के हो, त्यसले के गर्छ होला इत्यादी कुरा उनिहरुको आँखा र मस्तिष्कमा झल्किएको हामि प्रष्टै पढ्न सक्थ्यौँ ।
श्रोत कक्षाका दुईजना श्रोत शिक्षिका विभिन्न तबरले उनिहरुलाई पढाउँदै, सिकाउँदै थिए । हामि कक्षा भित्रै भएकाले उनिहरुको ध्यान हामितिर ज्यादा थियो । प्रदिप भिडियो खिच्न व्यस्त थिए भने म चाहीँ उनिहरुसंग गफ गर्न, जिस्किन र उनिहरुबारे थाहा पाउन । मैले ति भाई बहिनिसंग कक्षाभित्रै बल खेलेँ, गाएँ, हाँसे र नाचेँ पनी । उनिहरु पनि खुशी भएर म संग नजिकिए । उनिहरु राम्रोसंग बोल्न, कुरा गर्न, पढ्न, लेख्न सक्दैनन् किनकी उनिहरुमा बौद्धिक अपांगता छ । तर उनिहरुलाई विशेष किसिमले सिकाउने, पढाउने, खेलाउने हो भने उनिहरुले पनि धेरै कुरा सिक्न र लागु गर्न सक्छन् । त्यही अभ्यास भइरहेको थियो त्यस कक्षामा ।
.png)
श्रोत शिक्षिकाहरु कहिले उनिहरुलाई व्यायम गराउँथे भने कहिले टेलिभिजनमा गित देखाउँदै नचाउँथे । यस्तै चौरमा खेलाउने, हिँडाउने जस्ता क्रियाकलाप पनि गराउँथे । उनिहरु खुशी भएर ति सबै क्रियाकलापमा लाग्थे । लाग्यो बौद्धिक अपांगता भएकाहरुले पनि धेरै कुरा सिक्न, पढ्न, बुझ्न र व्यवहारमा लागु गर्न सक्ने बन्न सक्छन् । त्यस विद्यालयमा यस्तै अभ्यास भइरहेको थियो ।
दिउँसो उनिहरुको खाजा खाने समय भयो । सबैलाई हात धुन आग्रह गरिन् शिक्षिकाले । सबै धारामा गएर हात धोएर आए । कोहिले आफैँ धोए, कोहिलाई शिक्षिकाले मद्धत गरिन् । खाजा खाने बेला हामि पनि संगै गयौँ । हिरादेवीले हामिलाई पनि खाजा खान अनुरोध गरिन् । उनिहरु सबैले खाजा खाए । हाँस्दै, गफ गर्दै ।
७ वर्षको उमेरमा विद्यालय टेकेकी हिरामाया म संग सबैभन्दा नजिकिइन् । उनले हामिलाई उनको घर पनि लग्ने भइन् तर शर्त राखिन् उनि र उनको आमालाई हाम्रै गाडीमा उनको घर पुर्याउनु पर्छ । हामी राजी भयौँ । विद्यालय छुटी भएपछि उनि आमासंगै हाम्रो गाडीमा बसिन् अनि हामि लाग्यौँ हिरादेवीको घरतिर । गाडीबाटै हात हल्लाउँदै आफ्ना साथिहरुलाई बाई गरिन् हिरादेवीले । उनका साथिहरु अटो चढेर घरतिर गए । उनि हामिलाई लिएर आफ्नो घरतिर ।
.png)
घर पुगेपछि उनि खाजा खाएर साथिहरु संग खेल्न थालिन् । बेला बेला हामिसंग गफ पनि गर्थिन् हाँस्दै । हामि उनको घर गएकोमा खुशी थिइिन् उनी । उनि लगभग सामान्य बालबालिका झैँ थियिन् । विद्यालय जान थालेपछि उनमा आएको परिवर्तन हो यो । उनकी हामा यसमा निकै खुशी छिन् । हामिलाई बौद्धिक अपांगता श्रोत कक्षा प्रभावकारी भएछ भन्ने लाग्यो ।
भोलिपल्ट हामी लाग्यौँ हाम्रो अर्कोे गन्तव्य उदयपुर तिर । बेलका नगरपालिका जहडा स्थित जनता माध्यामिक विद्यालय हाम्रो गन्तव्य थियो । त्यहाँ संचालित बौद्धिक अपांगता श्रोत कक्षामा छिर्ने बित्तिकै विद्यार्थीहरुले हामिलाई खुशी साथ स्वागत गरे । उनिहरुको पनि उस्तै जिज्ञासा थियो, हामी को हौँ, कहाँबाट आयौँ, किन आयौँ, हामिले बोकेको सामान के हो , यस्तैयस्तै । जिज्ञासाले मानिसलाई सिकाउँछ, सिक्ने बनाउँछ ।
कक्षामा रोशिका, निशा, मोहन, छविलाल लगायत करिब १२ जना जति बौद्धिक अपांगता भएका विद्यार्थीहरु थिए । श्रोत शिक्षिकाले विभिन्न तबरले पढाउने, सिकाउने क्रियाकलाप गराइरहेकी थिइन् । विद्यार्थीहरु खुशीसाथ क्रियाकलापमा सहभागी थिए । रोशिका १ घण्टा टाढाबाट अटोमा नियमित विद्यालय आउँछिन् । अरु विद्यार्थीहरु पनि कोही नजिकैका छन् भने कोही आधा घण्टा, ४५ मिनेट लगाएर विद्यालय आउने गर्छन । विद्यालयमा बौद्धिक अपांगता भएका विद्यार्थीलाई आवतजावतका लागि अटोको व्यवस्था गरिएको छ ।
.png)
विद्यालय नजिकै छ मोहनको घर । मोहन जनता माविमा श्रोत कक्षा नहुँदा अर्कै एउटा निजी विद्यालयमा जान्थे । तर त्यहाँ जान उनि खुशी थिएनन् । प्राय घरमै रहन्थे, विद्यालय जान नमानेर । जब जनता माविमा श्रोत कक्षा संचालनमा आयो त्यसपछि मोहन पनि भर्ना भए । करिब २ वर्ष भयो मोहन निरन्तर खुशी भएरै विद्यालय जान थालेको । उनका आमाबुबाका अनुसार विद्यालयमा नियमित जान थालेसंगै मोहनको आनिबानीमा देखिने गरि परिवर्तन आएको छ । उनि घरको काममा समेत केही सघाउन थालेका छन अचेल । केहीबेर मोहनको घरमा बिताएपछि हामी फर्कियौँ ।
यि २ विद्यालयहरुमा बौद्धिक अपांगता श्रोत कक्षा संचालनमा बौद्धिक अपांगताका अभिभावक महासंघ साथै जिल्ला संघहरुको महत्वपुर्ण सक्रियता, स्विडिस पोस्ट कोड फाउण्डेसन तथा माइ राइट नेपालको सहयोग, स्थानिय सरकार तथा विद्यालयको समन्वय तथा सहकार्य रहेको छ । श्रोत कक्षा संचालन भएसंगै बौद्धिक अपांगता भएका विद्यार्थीहरुमा करिब दुई वर्ष अवधिमा उल्लेख्य परिवर्तन आएको छ । यस्तै श्रोत कक्षाहरु देशैभरका विद्यालयहरुमा संचालन गरिने र सबै बौद्धिक अपांगता भएका बालबालिकाहरुको पहुँचमा पुर्याउने हो भने साँच्चै बौद्धिक अपांगता भएका बालबालिकाप्रति समाजले हेर्ने दृष्टिकोण पनि बदलिनेछ भने उनिहरुको जीवन पनि सहज बन्नेछ ।
प्रदिप, म अनि गाडीको साथी उनिहरुकै गफ गर्दै काठमाडौँ फर्कियौँ । फर्किँदा बाटोभरी मोहन, रोशिका, निशा अनि अरु बालबालिका छाइरहे मन मस्तिष्कभरी । संगै हिरादेवी र उनका साथीहरु पनि मनभरी थिए । मैले मनमनै सोचेँ उनिहरु भाग्यमानी छन्, उनिहरुले पढ्न पाएका छन्, सिक्न पाएका छन्, खान, हाँस्न खेल्न पाएका छन् । यसैगरि देशैभरका बौद्धिक अपांगता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउने र सिक्ने, पढ्ने वातावरण पुर्याउनु जरुरी छ भन्ने मनमा लागिरह्यो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मातृका सुवेदी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…