ठगी मुद्दामा जेलमा रहेका मिटरब्याजी यादवको पेशी सरेको सरयै
गाउँमा गरिब, निमुखालाई पैसा दिएर मिटरब्याज जोडदै कैयौँलाई पलायन गरेको आरोप मिटरब्याजी सुरेश यादव उपर छ । मुद्दा दर्ता अघि महिलाहरुले अदालतकै अगाडी यादवलाई हातपात गरेको थियो ।

२०७९ पुस ८ शुक्रबार, बेलुकी ५:३९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मिटर ब्याजको धन्दाले ठगी मुद्दामा पूर्वपक्षको लागि थुनामा रहेका धनुषाका मिटरब्याजी सुरेश यादवको पेशी अदालतमा सरेको सरयै भएको छ ।
जिल्ला अदालत धनुषामा केही पेशी मात्र चढेको मिटर ब्याजी यादवको मुद्दाको पेशी पटक पटक स्थगित हुँदै आएको छ ।
गत असोज ४ गते यादवमाथि स्थानीय शिवशंकर साहसहित मिटरब्याजबाट पीडितहरुले अदालतमा दायर गरेको मुद्दामा उनी अहिले पूर्वपक्षको लागि थुनामा राखिएको छ ।
उनको घरबाट प्रहरीले छापामारी गरी ३ करोड बढीको कपाली तमसुक बरामद गरेपछि उनलाई ठगी मुद्दा चलाइएको हो ।
गत पुस ५ गते तोकिएको जिल्ला अदालत धनुषाको पेशी पनि सारिएको हो । यद्यपी पेशी सारिएको कारण भने खुलाइएको छैनन् ।
गाउँमा गरिब, निमुखालाई पैसा दिएर मिटरब्याज जोडदै कैयौँलाई पलायन गरेको आरोप मिटरब्याजी सुरेश यादव उपर छ । मुद्दा दर्ता अघि महिलाहरुले अदालतकै अगाडी यादवलाई हातपात गरेको थियो ।
न्यूज ब्यूरोका पत्रकार विनय कुमार यादव (धनुषाधाम) ले मिटरब्याजबाट पीडितहरुको लागि पहल थालेपछि उनीमाथि मुद्दा दायर भई अहिले जेलमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…