सपथ ग्रहण गरे लगत्तै डा. सिके राउतले गरे किसानको मलखाद्यदेखि यी ६ जोडदार पहल
सप्तरी जिल्लामा साक्षरता कार्यक्रम सँचालनको लागि उनको पहिलो प्राथमिकता रहेको छ । उनले शिक्षा तथा मानव विकास केन्द्र सानोठिमी भक्तपुरमा पत्र पठाएर साक्षरता कार्यक्रमको लागि पहल थालेका छन् ।

२०७९ पुस ७ बिहीबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् साँसद डा. सिके राउतले सपथ ग्रहण गरे लगत्तै विभिन्न निकायमा समस्या समाधानको लागि पत्र पठाएको छ ।
साँसदको हैसियत पाए लगत्तै डा. राउतले किसानहरुको लागि थप मलखाद्य उपलब्ध गराउनको लागि कृषि समाग्री कम्पनी लिमिटेडलाई पत्र पठाएको छ ।
पठाइएको मलखाद्यले तराईका किसानहरुलाई अपुग भएको भन्दै किसानहरुको सहुलियतको लागि कृषी समाग्री कम्पनीलाई डा. राउतले सँसदको हैसियतबाट पत्र पठाएको हो ।
सप्तरी जिल्लामा पोटाँस, युरिया, डिएपी मलको अभाव रहेको जानकारी किसानहरुले दिएको भन्दै सो जिल्लामा यथाशिघ्र मल पठाउन अनुरोध पत्र पठाएका छन् ।
कृषि ज्ञान केन्द्र र कृषि समाग्री केन्द्रको जानकारी अनुसार सप्तरी जिल्लाका किसानहरुलाई मल खाद्यको अभावले प्रताडित भएको भन्दै मल खाद्य पठाउन पत्र काटेको हो ।
यस्तै, सपथ ग्रहण गरे लगत्तै डा. राउतले राजविराजस्थित रहेको गजेन्द्रनारायण सिँह अद्यौगिक क्षेत्रको समस्या निराकरण गर्नको लागि र पुनः सँचालनको लागि उद्योग मन्त्रालयलाई समेत पत्र लेखेको हो ।
उनले काठमान्डौँबाट राजविराजमा थप हवाई उडान बढाउनको लागि नागरिक उडयन मन्त्रालयलाई समेत पत्र पठाएको छ । राजविराज जस्तो क्षेत्रबाट काठमान्डौँको लागि दैनिक रुपमा हुने उडान सँख्या अझै थप गर्नुपर्ने भन्दै मन्त्रालयमा पत्र पठाएको हो ।
डा. राउतले राजविराजस्थित रहेको गजेन्द्र नारायण सिँह अस्पतालको अवस्था सुधार र सेवा सुविधाहरु थपको लागि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमा समेत पत्र पठाएका छन् ।
सप्तरी जिल्लामा साक्षरता कार्यक्रम सँचालनको लागि उनको पहिलो प्राथमिकता रहेको छ । उनले शिक्षा तथा मानव विकास केन्द्र सानोठिमी भक्तपुरमा पत्र पठाएर साक्षरता कार्यक्रमको लागि पहल थालेका छन् ।
सपथ ग्रहण गरे लगत्तै जनताको समस्या समाधान र प्रतिवद्धता पुरा गर्न सुरुवाती कदम बढाउने पहिलो साँसदको रुपमा डा. राउत उभिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…