सिरहामा परमेश्वरको नाममा झेल, पण्डालभित्र धर्म परिवर्तनको गन्ध
अहिले सिरहा जिल्लाको विभिन्न गाउँसहित शहरमा समेत यस्ता कार्यक्रमको आयोजना गरी धर्म परिवर्तनको लागि मानसिकता बनाउन खोजिएको देखिएको छ । यसप्रति सरोकारबाला निकायहरु समेत उदासिन देखिएको छ ।

२०७९ पुस ६ बुधबार, बिहान ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित क्रिश्चन धर्मावलम्बीहरुले बिगत केही दिनदेखि ठुलो पण्डाल लगाएर उपचार गरिरहेको खवर पाएसँगै न्यूज ब्यूरोका सिरहा सहकर्मी विजय साह (महतो) त्यसतर्फ लागे ।
सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ८ स्थित ठुलो पण्डालभित्र भूत, प्रेत, रोग, व्यादी, अपाँगताको स्थायी उपचार गरिन्छ भने सिरहाको मात्र नभई धनुषा, महोत्तरी, सप्तरी जिल्लासहित अन्य विभिन्न जिल्लाहरुबाट हजारौँको सँख्यामा सर्वसाधारणहरु पण्डालभित्र पसेको देखियो ।
क्यामेरा र माईक बोकेरै न्यूज ब्यूरोका सहकर्मी विजय महतोले भित्र पस्न खोजे । केही मात्र भित्र गएर दुई तिन फोटो ताने । त्यतिकैमा एक जना आएर भित्र फोटो र पत्रकारलाई निषेध गरिएको कुरा हठ्ठ लगाए ।
खासमा, त्यहाँ बनाइएको ठुलो पण्डालमा प्रत्येक शनिबार हजारौँको सँख्यामा सर्वसाधारणहरु रोग उपचारको लागि जाने गरेको खुलेको छ । क्रिश्चन धर्मावलम्बीहरुको प्रत्यक्ष आयोजना गरिएको “सत्य वचन परम ईश्वरीय मार्ग दर्शन” नामक कार्यक्रममा ठुल ठुला रोगहरु निको हुने भनेर बोलाउने गरिएको पाईएको छ ।
समाजिक कार्यक्रम नाम दिएको सो कार्यक्रमको लागि पण्डालभित्र पत्रकार र क्यामेरा नै बन्देज गरिएको देखियो । सहभागी हुने सर्वसाधारणहरुलाई परमेश्वरको सपथ समेत खुवाउने गरेको देखिएको छ ।
ग्रामिण भेकमा येशुको किताब समेत बाँडदाबाँडदै अहिले गाउँघरमा गएर ठुलो पण्डालभित्रै झुठो उपचारको आश्वासन र लोभ लालच देखाई धर्म परिवर्तन तर्फ उन्मुख गरेको देखिएको छ ।
हिन्दु धर्मावलम्बीहरुलाई कार्यक्रममा बोलाएर येशुको महिमा भन्दै डाक्टरले समेत निको पार्न नसकेको रोग ब्यादी निको पार्ने ठेक्का लिने गरेको देखिएको छ ।
अहिले सिरहा जिल्लाको विभिन्न गाउँसहित शहरमा समेत यस्ता कार्यक्रमको आयोजना गरी धर्म परिवर्तनको लागि मानसिकता बनाउन खोजिएको देखिएको छ । यसप्रति सरोकारबाला निकायहरु समेत उदासिन देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…