नेपाल प्रहरीको २३ एसपीको सरुवा, धनुषाको नयाँ एसपीमा खडका आउँदै
प्रहरी प्रधान कार्यालयको सूचना अनुसार धनुषा जिल्लामा नयाँ एसपीको रुपमा विश्वराज खडका आउने भएको छ । धनुषामा कार्यरत बसन्त रजौरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगँज काठमान्डौँ काज सरुवा भएका छन् ।

२०७९ पुस ४ सोमबार, बेलुकी ५:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयको सूचना अनुसार धनुषा जिल्लामा नयाँ एसपीको रुपमा विश्वराज खडका आउने भएको छ । धनुषामा कार्यरत बसन्त रजौरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगँज काठमान्डौँ काज सरुवा भएका छन् ।
काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, नरेशराज सुवेदी सर्लाही र राजकुमार सिलवाल सिन्धुली पठाइएका छन् ।
त्यस्तै सन्तोष सिंह् राठौर बाँके, योगेन्द्र सिंह थापा सुर्खेत र देबेन्द्रबहादुर पाल कैलालीका प्रहरी प्रमुख बनेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…