हारेपछि धनुषा ४ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालत पुगे यादव
उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

२०७९ मंसिर २८ बुधबार, दिउँसो ४:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवम् धनुषा निर्वाचन क्षेत्र नम्बर ४ प्रत्यासी प्रतिनीधिसभा उम्मेदवार महेन्द्र यादव सर्वोच्च गुहारेका छन् ।
उनले मतगणनामा चित्त नबुझेको भन्दै धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पुनः मतगणना हुनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगेका हुन् । उनले बुधबार सर्वोच्च पुगेर रिट दायर गरेका छन् ।
गत मँसिर ४ गते सम्पन्न भएको प्रतिनीधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा मतगणनापछि एमालेका रघुवीर महासेठ निर्वाचित घोषित भएपछि उनले असहमति जनाउँदै सर्वोच्च गुहारेका हुन् ।
अन्तिम मतगणनासम्म एमालेका रघुवीर महासेठले ३२ हजार २ सय ३६ मत प्राप्त गरेका छन् भने प्रतिद्धन्द्धी भएका काँग्रेसका महेन्द्र यादव ३२ हजार १ सय १२ मत प्राप्त गरेका छन् । महासेठ यादवलाई १२४ मतान्तरले पराजित गरेको अन्तिम मत परिणाम निर्वाचन कार्यालयको रहेको छ ।
१२४ मतले निर्वाचित भएको भन्दै निर्वाचन कार्यालयले निर्वाचन आयोगको तर्फबाट प्रमाणपत्र समेत प्रदान गरिसकेको अवस्थामा महेन्द्र यादवले पुनः मतगणना हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका हुन् ।
उनले दोहोर्याएर मत गन्न माग गरेका हुन् । रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।
यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…