प्रादेशिक अस्पतालमा डाक्टरहरु दलाली गरेर आफ्नो नीजि क्लीनिकमा विरामी सार्दैछः यादव
अनुगमनका लागी जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा जनकपुरधाम उपमहानगरपलिकाको एक जना प्रतिनिधि त्यस्तै जनस्वस्थय कार्यालयबाट एक जना प्रतिनिधि र जिल्ला प्रशासन कार्यलयबाट एक जना प्रतिनिधि लगायतका संस्थाहरूवाट एक जना एक जना प्रतिनिधिहरुको सहयोगमा अनुगमन गराइ माफ्दनड बिपरित रहेको क्लिनिक र अस्पतालहरुलाइ आवश्यक कारवाहीको लागि गुहार लगाएका छन् ।

२०७९ मंसिर २८ बुधबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश क्रान्ती संघर्ष समितिका अध्यक्ष एवम् युवा नेता नविन यादवले प्रादेशिक अस्पतालमा चरम दलाली भईरहेको आरोप लगाएका छन् ।
जनकपुरधाम क्षेत्रसहित आसपासका जिल्लाहरुको समेत आस्थाको केन्द्र रहेको जनकपुरधाम प्रादेशिक अस्पतालमा कार्यरत सरकारी डाक्टरहरुले विरामीलाई नीजितर्फ धकेल्दै लुटेराको काम गरेको आरोप लगाएका छन् ।
समितिको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै उनले जनकपुर प्रादेशिक अस्पताल जस्तो क्षेत्रमा चिकित्कहरुले नै दलाली गरेर आफ्नो नीजि क्लीनिकमा विरामी पठाई गरिब, निमुखालाई यातना दिएको आरोप लगाएका छन् ।
सरकारी अस्पतालमा निःशुल्क हुने उपचारको लागि विरामीहरुलाई आफ्नो नीजि क्लीनिकको नाम भन्दै क्लीनिकमा आउन भन्ने गरेको आरोप लगाएका छन् । अस्पालमा उपचार नगरी सोही विरामीलाई आफ्नो क्लीनिकमा लगेर मोटो रकम लिएर उपचार गर्ने गरेको बताएका छन् ।

यसका साथै, जनकपुरधाम उपमहानगरपालिका भित्र संचालनमा रहेको अस्पतालहरुमा ठगी धान्दा खुलेआम चली रहेको पनि बताएका छन् ।
“गरिब,निमुखा जनताहरु बाहिर बाहिरबाट चेक जाँच गराउन आउने सरकारी अस्पतालमा जन्छन तर त्यहाँका दलाल्हरु मार्फत वा त्यहाँ कार्यरत केही डाक्टरहरुको सल्लाह अनुसार आफ्नो निजी क्लिनिक अथवा होस्पितलमा सम्पर्क गर्न जानकारी गराइ निज गरिब निमुखा जनताहरुलाई किसिमका प्रताडना,प्रपन्च रची जथाभावी चेक जाँच जस्ता कार्यबाट खुलेआम पैसा असुली गर्ने कामहरु भैरहेको जानकारी प्राप्त हुन् आएको छ। तसर्थ जीवनको प्रमुख अङ्गको रुपमा रहेको स्वास्थय छेत्रमा स्वछ र निस्पछ। रूपमा जनताहरु आ आफ्नो काम गराउन सकुन भन्ने पुनित उदेश्य परिपुर्तीका लागि सहयोग गरी दिनु हुन हर्दिक अनुरोध गर्दछौ।”– विज्ञप्तिमा भनिएको छ ।
अनुगमनका लागी जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा जनकपुरधाम उपमहानगरपलिकाको एक जना प्रतिनिधि त्यस्तै जनस्वस्थय कार्यालयबाट एक जना प्रतिनिधि र जिल्ला प्रशासन कार्यलयबाट एक जना प्रतिनिधि लगायतका संस्थाहरूवाट एक जना एक जना प्रतिनिधिहरुको सहयोगमा अनुगमन गराइ माफ्दनड बिपरित रहेको क्लिनिक र अस्पतालहरुलाइ आवश्यक कारवाहीको लागि गुहार लगाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…