जसपा र काँग्रेसमा सिटभन्दा बढी सिफारिस, मनिष सुमनसहित यी ४ जनाको नाम हटाउने सम्भावना
मधेश प्रदेशमा पहिलो प्राथमिकतामा मधेशी कल्स्टरलाई राखिएको छ । कांग्रेसका केही नेताहरुले अनुचित लाभको प्रलोभनमा परेर झाको नाम हटाएको आरोप नेकांका युवा नेता धीरेन्द्रमोहन झाले लगाएका छन् ।‘निर्वाचन आयोगको प्राथमिकता क्रम अनुसार मधेशीबाट १ नम्बरमा रहेका झाको नाम सिफारिस हुनुपर्छ’ उनले भने, तर अल्पसंख्यकबाट महिला र पुरुष समेतलाई राखेर आयोगले बनाएका कल्स्टर विपरीत सिफारिस गरिएको छ ।

२०७९ मंसिर २६ सोमबार, बिहान ८:२८ बजे४ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पाएको सिटभन्दा अधिक जनाको नाम सिफारिस गर्दा भाँडभैलो भएको छ ।
जसपाले मधेश प्रदेशमा ७ जना सभासदको नाम सिफारिस गर्नुपर्नेमा नेताहरुबीच सहमति हुन नसक्दा १० जनाको नाम सिफारिस गरिएको छ ।
जसपाले प्राप्त गरेको प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ७ गरी कुल १६ सिट प्राप्त गरेको छ ।त्यस मध्ये ६ जना महिला समानुपातिकबाट र एकजना पुरुष मात्र चयन हुने छन् ।
जसपाले गरेको सिफारिसमा ७ जना महिला र ३ जना पुरुष छन् । अल्पसंख्यकबाट मनिष सुमन, मुसलिमबाट युसुफ साफी र दलितबाट चन्देश्वर सदाको नाम सिफारिस गरिएको छ ।
पुरुषतर्फबाट दलितको सूचीमा १ नम्बरमा रहेका चन्देश्वर सदाको संभावना बलियो रहेको स्रोतले जनाएका छन् ।स्रोतका अनुसार सुमन र साफीको नाम हटाइने तयारी गरिएको छ । महिला तर्फबाट ७ जना रहेकोमा त्यस मध्ये ललिता दास र ममता मण्डल २ जनाको नाम हटाइने संभावना छ ।
दलितबाट पुरुष सदालाई चयन गरि महिला कलस्टरबाट ललिता दास र जनजातीबाट रहेकी ममता मण्डलको नाम हट्ने छ ।
आयोगले पार्टीलाई पठाउने पत्रमा कल्स्टर मिलाएर आवश्यक संख्या ७ को नाम नै राख्न भन्नेछ ।सोमवार सम्म नाम सच्याउने समय निर्धारण गरिएको छ । आयोगले समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधि र प्रदेश सभा सदस्यहरुको नाम मंगलवार सार्वजनिक गर्ने जनाएको छ ।
सोही क्रममा नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश दुबै तर्फको समानुपातिक सांसदहरुको सूची पठाउँदा निर्वाचन आयोगले निर्धारण गरेको कल्स्टर अनुरुप नरहेको देखिएको छ ।
समानुपातिकतर्फ नेताहरुमा सहमति हुन नसकेपछि समानुपातिकतर्फ प्राप्त गरेको भन्दा बढी सिट पनि सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसले मधेश प्रदेशमा १ जना मात्र पुरुषको सिफारिस गर्नुपर्ने हो ।कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ स्थान पाएको छ । विभिन्न कल्स्टरबाट ८ जना महिला र मधेशी पुरुषबाट १ जनालाई राख्नु पर्ने हो । तर नेताहरुले आयोगको सूची विपरीत मधेशी तर्फको १ नम्बरमा रहेका कुमरकान्त झालाई हटाएर अल्पसंख्यक सूचीमा रहेका राकेश सिंहको नाम सिफारिस गरिएको छ ।
मधेश प्रदेशमा पहिलो प्राथमिकतामा मधेशी कल्स्टरलाई राखिएको छ । कांग्रेसका केही नेताहरुले अनुचित लाभको प्रलोभनमा परेर झाको नाम हटाएको आरोप नेकांका युवा नेता धीरेन्द्रमोहन झाले लगाएका छन् ।‘निर्वाचन आयोगको प्राथमिकता क्रम अनुसार मधेशीबाट १ नम्बरमा रहेका झाको नाम सिफारिस हुनुपर्छ’ उनले भने, तर अल्पसंख्यकबाट महिला र पुरुष समेतलाई राखेर आयोगले बनाएका कल्स्टर विपरीत सिफारिस गरिएको छ ।
| जसपा | काँग्रेस |
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
नेताहरुका अनुसार मधेश प्रदेशमा सहमति हुन नसकेपछि राति १ बजे मापदण्ड मिच्दै सिफारिस गरिएको थियो । पार्टीले गरेको सिफारिस विरुद्ध कुमरकान्त झाले आयोगमा उजुरी दर्ता गरेका छन् ।‘विधि प्रक्रिया अनुसार पार्टीले सिफारिस गर्नुपर्ने हो’ पीडित झाले भने, पार्टीका केही नेताहरुले मापदण्ड मिचेर म माथि अन्याय गरेका हुन् ।
निर्वाचन आयोगले गल्ती सच्याउन दलहरुलाई दिएको समयावधि भित्र कांग्रेसले मधेश प्रदेशको सभासद सिफारिसको सूचीलाई सच्याउनेमा विश्वस्त रहेको झाले बताए । स्रोतहरुका अनुसार पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित रमेश रिजालले सिंहसित ३० लाख रुपैयामा ‘डिल’ गरेका छन् ।
प्रक्रिया मिचेर गरिएको सिंहको सिफारिसको कारण अल्पसंख्यक महिलामा रहेका इन्दुकुमारी साह र अञ्जना पण्डित मध्ये एकजना महिलालाई अर्को कल्स्टरमा राख्नु पर्ने बाध्यात्मक स्थिति आएको नेताहरुले बताएका छन् ।
अत्यन्त विपन्न परिवारबाट कांग्रेस पार्टीमा झण्डै ४ दशकदेखि सक्रिय, जेल र थुनामा समेत परेका झालाई हटाउँदा पार्टीमा समेत व्यापक असन्तुष्टि देखिएको युवा नेता घनश्याम यादवले बताए । झा हाल धनुषा कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति हुन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…