सरकारमा सहभागीताको लागि जनमत पार्टी साकारात्मक
पछिल्लो केही समययता यो पार्टीका अध्यक्ष राउत सत्तागठबन्धनसहित अन्य सबै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। सत्तागठबन्धनसँग जनमत पार्टीले केन्द्र र मधेश प्रदेशमा सत्ता सहयात्रा नै गर्ने गरी कुरा अगाडि बढाएको छ।

२०७९ मंसिर २२ बिहीबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा सहभागीताको लागि साकारात्मक देखिएका छन् ।
जनमत पार्टीको केन्द्रीय समिति बैठक विहिवार काठमाडौमा बसेको बैठकले जनमत पार्टीको संसदीय दलको विद्यान अनुमोदन गर्नुको साथै समानुपातिक तर्फको नामहरु तय गरेको गर्दै केन्द्र सरकार र प्रदेश सरकारमा सहभागिताप्रति साकारात्मक देखिएका छन् ।
बैठकमा त्यसको साथै निर्वाचनको समिकक्षा र सरकारमा जाने वारेमा पनि छलफल भएको उक्त पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए ।
बैठकमा अधिकाश नेताहरुमा सरकारमा सहभागीता वारेमा साकारात्मक रहेको उपाध्यक्ष खानले बताए । यसको अन्तिम निर्णय अवस्था हेरेर पार्टी अध्यक्षज्यु गर्ने भए पनि पार्टी सरकारमा जाने वारेमा सैगमा साकारात्मक छलफल गरेको खानको भनाई छ ।
जनमत पार्टीका अनुसार यो बैठक पार्टीको नियमित बैठक नै हो। जनमत पार्टीको केन्द्रीय समिति बैठक हरेक ६ महिनामा बस्ने नियम अनुसार नै यो बैठक बसेको उनले बताए।
गएको ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउतले सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेपछि यो पार्टीको चर्चा चुलिएको छ। साथै समानुपातिकतर्फ पनि यो पार्टीले थ्रेसहोल्ड कटाएको छ।
पछिल्लो केही समययता यो पार्टीका अध्यक्ष राउत सत्तागठबन्धनसहित अन्य सबै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। सत्तागठबन्धनसँग जनमत पार्टीले केन्द्र र मधेश प्रदेशमा सत्ता सहयात्रा नै गर्ने गरी कुरा अगाडि बढाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…