कमला नगरपालिकामा मेयर–उपमेयर, वडाध्यक्ष र अधिकृतबीच सहमति, बुधबारदेखि नगरपालिका सँचालन हुने
नगरपालिकाका अधिकृत ठाकुरले मँगलबार स्थानीय क्लब कमला युवा सँजालसँग समेत आईतबारसम्म सबै हरहिसाब पारदर्शी गर्ने प्रतिवद्धता जनाएपछि सहमति भएको हो । हिसाबमा चित्त बुझेपछि लगत्तै नगरपालिका सँचालन हुने भएको छ ।

२०७९ मंसिर २१ बुधबार, बिहान ८:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महिनौदेखि चौपट्ट रहेको पूर्वी धनुषाको कमला नगरपालिकाको जनप्रतिनीधि र कर्मचारीबीच सहमति भएको छ ।
महिनौदेखि नगरपालिका बन्दीको शिकार हुँदै आएकोमा मँगलबार बिवादको जड मानिएको मेयर, उपमेयर र केही वडाध्यक्षहरुसहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच साकारात्मक सहमति भएपछि आउँदो बुधबारदेखि नै नगरपालिका विधिवत सँचालन हुने सहमति भएको छ ।
मेयर उपमेयरबीच अदालतमा मुद्दाको विषयलाई लिएर रहेको गलतफहमी क्लीयर भएपछि योजना पेश नगरेका दुई वडाध्यक्षले समेत सहमति जनाएका छन् । वडा नं. ३ का वडाध्यक्ष राम भगत यादव र वडा नम्बर ८ का वडाध्यक्ष तृपित भुडेर (यादव) ले राखेको अडानप्रति अधिकृत सुबोध कुमार ठाकुर साकारात्मक पहलकदमी गरेपछि सहमति भएको हो ।
वडाध्यक्षद्धयले गत आर्थिक बर्षको हरहिसाब पारदर्शी हुनुपने अडान राख्दै आएकोमा मँगलबार बसेको सर्व–बैठकले आउँदो आईतबार सबै हरहिसाब दिने प्रतिवद्धता अधिकृत ठाकुरले जनाएपछि नगरपालिका संचालनको लागि बाटो खुल्ला भएको हो ।
आईतबार आय–व्ययको हरहिसाब दिने तथा हरहिसाब अध्ययनको लागि तीन दिन वडाध्यक्षहरुले समय मागेको हो । हरहिसाबप्रति विचार गर्न, अध्ययन गर्नको लागि आउँदो साताको मँगलबारसम्मको समय लिएकोमा बुधबारदेखि नै नगरपालिका विधिवत सँचालन हुने लगभग निश्चित भएको छ । सो क्रममा वडाध्यक्षहरुले असन्तुष्टि जनाए पुनः नगरपालिका बन्दीको क्रम नै निरन्तरता पाउने पनि देखिएको छ ।
चालु आर्थिक बर्षमा कर्मचारी, शिक्षकहरुले एउटा पनि तलब नपाउँदा उनीहरुले नगरभरिको विद्यालय बन्द गर्ने चेतावनी दिएको हो । सोही क्रममा मेयर, उपमेयर वडाध्यक्षहरुले दबाब खेपेपछि अन्ततः सहमति गरेको हो ।
नगरपालिकाका अधिकृत ठाकुरले मँगलबार स्थानीय क्लब कमला युवा सँजालसँग समेत आईतबारसम्म सबै हरहिसाब पारदर्शी गर्ने प्रतिवद्धता जनाएपछि सहमति भएको हो । हिसाबमा चित्त बुझेपछि लगत्तै नगरपालिका सँचालन हुने भएको छ ।
कमला युवा सँजाल र पदाधिकारीहरुको सक्रिया र दबाबपछि बसेको पदाधिकारी र कर्मचारीहरुको सँयुक्त बैठकले हरहिसाब पारदर्शी गर्ने प्रतिवद्धता अधिकृत ठाकुरले गरेका छन् ।
तत्कालै चित्त नबुझेमा के हुन सक्छ विकल्प ?
प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले आईतबार गत आर्थिक बर्षको कुन क्षेत्रमा के कति खर्च भएको छ भनेर हिसाब पारदर्शी गर्ने कार्यक्रम छ । यसअघि पनि दुई पटक हरहिसाब पारदर्शी गरेपनि वडाध्यक्षहरु सन्तुष्ट भने भएनन् ।
आईतबार दिने हिसाबमा समेत पुनः असन्तुष्टि भएको खण्डमा नगरपालिका नियमित संचालन गरी हरहिसाबमा छफफल राख्ने, योजना पेश गरी अनलाइन गर्न लगाएर अधिकृतमाथि असन्तुष्टि पोख्दै पुख्ता प्रमाणसहित दबाब सृजना गर्ने, अधिकृतलाई अख्यिारी प्रदान गरी बजेट सँचालन गर्दै निरन्त सर्वपक्षिय छलफल, बैठक राखेर नगरपालिकालाई निकास दिन सकिने विकल्प हुन सक्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…