मोसा चोरी गरी भाग्दै गर्दा तीन युवक पक्राउ
बिहानै करिब ४ः०० बजेको समयमा जिल्ला धनुषा जनकपुर ८ पगलाबाबा धर्माशाला अगाडी दर्जीटोल स्थितमा पार्किङ् गरी राखेको ज ६ प ७९३१ नम्बरको मो।सा।चोरी भएको भन्ने खवर प्राप्त हुन साथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा पक्राउ गरिएको हो ।

२०७९ मंसिर २० मंगलबार, राति ८:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मोसा (मोटरसाईकल) चोरी गरी भाग्दै गर्दा रँगेहात तीन जना पक्राउ परेका छन् ।
मँगलबार बिहान करिब १०ः३० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ सँकटमोचन मन्दिरस्थितबाट मोटरसाईकल चोरी गरी भाग्दै गर्दा एक युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले मोटरसाईकलसहित पक्राउ गरेको हो ।
सँकटमोचन मन्दिरको पार्किँगमा राखिएको अनटेस्ट निलो रँगको पल्सर मोटरसाईकल चोरी गरी भाग्दै गर्दा सँलग्न एक जनालाई पक्राउ गरिएको हो । एक जनालाई पल्सर मोटरसाईकल चोरी आरोपमा पक्राउ गरिएको छ भने अर्का दुईलाई अन्य ठाउँबाट मोटरसाईकल चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।
सँकटमोचन मन्दिर स्थितबाट मोटरसाईकल चोरी भएको खवर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न ठाउँमा चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा जानकी प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटि गएको प्र.ह. संजय मण्डल र ट्राफिक पोष्ट जनकपुरधामबाट प्रहरी बरिष्ट हबल्दार बिनोद कुमार मण्डल सहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जनकपुरधामको पिडारीचोक र रामानन्दचोकको बीचमा रहेको बागवानिबाट पिकेट टोलिले मोसा चोरी गरी भाग्दै गरेको अवस्थामा पल्सर मोटरसाईकलसहित जिल्ला महोत्तरी लोहरपट्टी नगरपालिका वडा नम्बर २ मध्येपुरटोल बस्ने अन्दाजी वर्ष १९ को शंकर कुमार दासलाई पक्राउ गरिएको हो ।
यस्तै, जनकपुरधामै पगलाबाबा धर्मशाला नजिकबाट पार्किँग गरी राखिएको ज ६ प ७९३१ नम्बरको मोसा चोरी आरोपमा दुई युवक पक्राउ परेका छन् ।
बिहानै करिब ४ः०० बजेको समयमा जिल्ला धनुषा जनकपुर ८ पगलाबाबा धर्माशाला अगाडी दर्जीटोल स्थितमा पार्किङ् गरी राखेको ज ६ प ७९३१ नम्बरको मो।सा।चोरी भएको भन्ने खवर प्राप्त हुन साथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले प्रहरी ईकाई समेतबाट चेक प्वाँइन्टहरू खाडा गरि प्रहरी परिचालन गर्दा पक्राउ गरिएको हो ।
प्रहरी हलब्दार एकनाथ सिपलियाको कमाण्डमा प्रहरी जवान जय कृष्ण ठाकुर सहितको टोली मँग्लबार करिब १ बजेको समयमा चोरी भएको ज ६ प ७९३१ नम्बरको मोटरसाईकल लिई भाग्दै गरेको अवस्थामा बृहत्तर स्थितबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा जनकपुरधाम ८ बस्ने वर्ष १९ को दिप नारायण मुखिया र जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष १९ को सुजित सदालाई नियन्त्रणमा लिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…