बिजुलीको ठुलो ट्रान्सफर्मर चोरी
बिजुलीको ट्रान्सफर्मर चोरी भएको सन्दर्भमा स्थानीय प्रहरीलाई खवर गरिएको छ भने चोरी गर्ने समुहको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।

२०७९ मंसिर १९ सोमबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मधेश प्रदेशको रौतहटस्थित बिजुली प्रसारण लाइनको ट्रान्सफर्मर नै चोरी भएको छ ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पथरा बुधराम देखि हनुमान चौक जाने बाटोको बीचमा रहेको ट्रान्सफर्मर अज्ञात समुहले चोरी गरेको हो ।
पोलमा राखिएको गाउँको लागि २२० भोल्ट प्रसारणको ट्रान्सफर्मर गएराती नै चोरी भएको स्थानीयहरुले बताएका छन् ।
बिजुलीको ट्रान्सफर्मर चोरी भएको सन्दर्भमा स्थानीय प्रहरीलाई खवर गरिएको छ भने चोरी गर्ने समुहको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…