विज्ञप्ति निकालेर जिम्मेवारी बहन गर्दै मधेशी आयोग, कारवाहीको लागि पुग्दैन बल !
आयोगको सिफारिस पश्चात सम्बन्धित निकायले सो घटनाहरु माथि छानविन गरेर दोषीलाई कानुनी दायरामा समेत ल्याएको बताएको छ ्र आयोगले यस्ता घटनाहरुको उजुरी आयोगमा विभिन्न माध्यमहरु बाट दिन समेत अनुरोध गरेको छ ।

२०७९ मंसिर १८ आइतबार, बेलुकी ५:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी समुदायको हकहित संरक्षणको लागि गठन गरिएको नेपाल सरकारको संवैधानिक अँग मधेशी आयोगलाई कारवाहीको लागि निर्बल देखिएको छ ।
विभिन्न समयमा मधेशी समुदायमाथि भएको घटना प्रतिघटनामा मात्र विज्ञप्ति निकालेर जिम्मेवारी बहन गर्दै आएको मधेशी आयोगले कडा रुपमा प्रस्तुत हुन चुनौति देखिएको छ ।
कानुनी कारवाहीको लािग हुनुपर्ने एक्सन, समय र बल अझै नपुग्दा मधेशी समुदायमाथि विभिन्न अपमानजनक टिकाटिप्पणी हुँदा पनि केही हुन नसकेको अवस्था देखिएको छ ।
मधेशी समुदायमाथि हुने नाकारात्मक टिप्पणी, सम्प्रादायिक टिप्पणी, गाली गलौज, अभद्र व्यवहार, शब्द प्रहारको घटनाहरुमा समाजिक सँजालबाटै चर्को आवाज उठदा कारवाही गरिएपनि मधेशी आयोग यसको लागि शून्य कारवाहीको जिम्मेवार बनेको देखिएको छ ।
विभिन्न समयमा प्रेस विज्ञप्ति मात्र निकालेर मधेशी समुदाय उपर अभद्र टिकाटिप्पणी गरिए कारवाही हुने रट लगाएपनि काठमान्डौँका मेयर बालेन साहसहित सिँगो मधेशी समुदायलाई मदिसे, धोती भन्दै गाली गरेको भिडियो समाजिक सँजालमा छ्याछ्याप्पी हुँदा मधेशी आयोगलाई सम्बन्धित निकायले समेत नटेरेको देखिएको छ ।
मधेशी आयोगले विज्ञप्ति निकालेर काठमान्डौँको सुकुम्बासी वस्तीका केही व्यक्तिहरुले सिँगो मधेशी समुदायालाई नै लक्षित गरी गाली गर्दा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय गुहारे पनि अझै कारवाहीको दायरामा ल्याउन नसक्दा आयोगको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।
सुकुम्बासी क्षेत्र भनिएको ठाउँबाटै त्यस्ता सम्प्रादायिक अभिव्यक्ति दिनेहरुको भिडियो, तस्विर समेत भाईरल हुँदा नेपाल प्रहरी र गृह मन्त्रालयले अझै कारवाहीको दायरामा ल्याउन नसकेको अवस्था हो ।
मधेसीलाई भैया, धोती, मधेशी भने हुन्छ कारवाही
मधेशी आयोगले मधेशी समुदाय माथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ ।
आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै विगत केही समय देखी मधेशी समुदायलाई लक्षित गरी काले, मदिसे, भैया, धोति जस्ता अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सदभावमा खलल पार्ने काम भइरहेको र त्यस्ता काम गर्ने जुनसुकै व्यक्ति वा संस्था माथि नेपालको प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारवाही हुने बताएको छ ।
सो प्रेस विज्ञप्तिमा आयोगले यस्ता अमानवीय, गैर(संबैधानिक तथा गैर–कानुनी कार्यले राष्ट्रिय एकतामा समेत असर पुर्याउन सक्ने बताएको छ । आयोगले मधेशी समुदायले नै मुख्यतः सिमा को रक्षा गरिरहेको, मधेशी समुदाय महत्वपूर्ण तथा गौरवशाली समुदाय रहे पनि समय समयमा यस्ता घटनाहरु बाट पीडित हुनुपर्ने कुरा प्रति चिन्ता व्यक्त गरेको छ ।

आयोगले आयोगका अध्यक्ष डा. विजयकुमार दत्त सहित आयोगका सदस्यहरु बाट यस्ता संवेदनशील घटनाहरु को अनुगमन हुने गरेको र सो घटना प्रति आयोगले तुरन्त सम्बन्धित निकायलाई यथाशिघ्र छानविन गरी दोषीलाई कडा कारवाही गर्न सिफारिस समेत गरिरहेको बताएको छ ।
आयोगको सिफारिस पश्चात सम्बन्धित निकायले सो घटनाहरु माथि छानविन गरेर दोषीलाई कानुनी दायरामा समेत ल्याएको बताएको छ ्र आयोगले यस्ता घटनाहरुको उजुरी आयोगमा विभिन्न माध्यमहरु बाट दिन समेत अनुरोध गरेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…