कुखुरा फार्मबाट १८० किलो गाँजा पक्राउ, सँचालक मियाँ फरार
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बीर बहादुर बुढा मगरका अनुसार लिजमा जमिन लिएर भारतका अफरोज मियाले सञ्चालन गरेको कुखुरा फर्मबाट ठूलो परिमाणमा गाँजा बरामद भएको बताउनु भएका छन् ।

२०७९ मंसिर १८ आइतबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । मधेश प्रदेशको रौतहटमा प्रहरीले एक कुखुरा फार्मबाट १ क्वीन्टल ८० किलो गाँजा पक्राउ गरेको छ ।
जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ३ स्थित एक कुखुरा फार्मको जमिन मुनिबाट प्रहरीले एक क्वीन्टल ८० किलो गाँजा बरामद गरेको हो।
मकवानपुरबाट ल्याएर कुखुरा फार्म भित्र जमिनमा गाडेर लुकाई राखेको अवस्थामा प्रहरीले जमिनबाट गाँजा निकाल्नुका साथै ट्रक र चालकलाई पनि नियन्त्रणमा लिन शनिबार सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी बीर बहादुर बुढा मगरका अनुसार लिजमा जमिन लिएर भारतका अफरोज मियाले सञ्चालन गरेको कुखुरा फर्मबाट ठूलो परिमाणमा गाँजा बरामद भएको बताउनु भएका छन् ।
कुखुरा फार्मसम्म गाँजा पुयाउने बागमती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रक र ट्रक चालक मकवानपुरका सुरेन्द्र स्यांतानलाई प्रहरीले नियन्त्रणमा लिएको एस.पि मगरले बताए।
उता प्रहरीको छापेमारी पछि कुखुरा फार्मका सञ्चालकहरू फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…