सरकार बनेको ३ महिनाभित्र जन्मसिद्ध नागरिकताको निर्णय नभए हामी आफैँ आन्दोलन गर्छौः महासेठ
शुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा महासेठले सो कुरा बताएका हुन् । उनले भने, ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं । मधेश प्रदेशमा त गर्छौंगर्छौं ।’

२०७९ मंसिर १६ शुक्रबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कुनै बेला एक हातमा सिन्दुर, अर्को हातमा नागरिकता कहिल्यै पनि नहुने सार्वजनिक वक्ततव दिएका एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्रै सो सम्भव हुने बताएका छन् ।
निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित भए लगत्तै नेता महासेठले सरकार बनेको तीन महिनाभित्रै जन्मसिद्ध नागरिकका छोराछोरीले नागरिकता पाउने निर्णय नभए आन्दोलन गर्ने बताएका छन् । उनले सो आन्दोलन एमालेकै नेतृत्वमा हुने बताएका छन् ।
नागरिकता आन्दोलन चलिरहँदा अन्य दलहरुले जन्मसिद्ध नागरिकताबारे खुलेर समर्थन गरेपनि सो बखतमा एमाले पार्टी मात्र नागरिकता विद्येयकको विरोध गरेको थियो । अहिले सोही नागरिकता विद्येयकलाई अंश मान्दै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने निर्णयको जिकिर गरेका छन् ।
शुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा महासेठले सो कुरा बताएका हुन् । उनले भने, ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं । मधेश प्रदेशमा त गर्छौंगर्छौं ।’
धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित महासेठले नागरिकताबारे निर्णय नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए ।
नागरिकता नपाएर करिब ६/७ लाखजना पढ्न र जागिर खानबाट बन्चित भएको भन्दै उनले उनीहरुले अविलम्ब नागरिकता पाउनुपर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…