जानकी मन्दिरको एउटै मण्डपमा २६ जोडीको आदर्श विवाह
यसले गरिव विपन्नहरुको पनि विवाह धार्मिक, समाजिक र प्रतिष्ठित रुपमा हुने आयोजकको भनाई छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले समाजिक भाइचारामा पनि विकास हुने बताइएको छ ।

२०७९ मंसिर १४ बुधबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व हिन्दु परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको सामुहिक विवाहको क्रममा यसपाली २६ जोडीले जानकी मन्दिर प्राँगनमा विवाह गरेका छन् ।
प्रत्येक वर्ष विवाहपँचमीको भोलिपल्ट सामुहिक विवाहको आयोजना गर्दै आएको विश्व हिन्दु परिषद नेपालले यसपाली २६ जोडीको आदर्श विवाह गराएका छन् ।
दाईजोप्रथा अन्त्य, गरिब निमुखाको छोरीको विवाह, बिना अधिक खर्चको विवाह हिन्दु परम्परा अनुसार गर्न हिन्दु परिषद्ले आफ्नो खर्चमा २६ जोडीको विवाह सम्पन्न गराएको हो ।
जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचार प्रसार गर्न विवाह पञ्चमीको अवसरमा बिश्व हिन्दु परिषद नेपालद्वारा प्रत्येक वर्ष आयोजना हुन थालेको सामुहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएको छ ।
विवाह पञ्चमीमा भगवान श्री सिताराम जीको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । विगत चारवर्ष देखि भइरहेको सामुहिक विवाहको उद्देश्य जनकपुरधामलाई बिश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा पर्यटनको विकास, दहेज उन्मुलन सहितको रहेको आयोजकको भनाई छ ।
जनकपुरधामको हुनेखाने स्थानियहरुसंग सहयोग संकलन गरि मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मंगलसुत्र, बिछाओन, लत्ताकपडा सहितको व्यवस्थापन आयोजकले नै गर्ने गरेको छ ।
यसले गरिव विपन्नहरुको पनि विवाह धार्मिक, समाजिक र प्रतिष्ठित रुपमा हुने आयोजकको भनाई छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले समाजिक भाइचारामा पनि विकास हुने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…