धनुषा ४ मा काँग्रेसका यादवलाई हराउँदै एमालेका महासेठ निर्वाचित
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को बिहान ९ बजेसम्म सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका रघुवीर महासेठ १२४ मतले निर्वाचित भएका छन् । यद्यपी, अधिकारिक घोषणा हुन बाँकी छ ।

२०७९ मंसिर १३ मंगलबार, बिहान ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रोचक प्रतिस्पर्धाबीच नेपाली काँग्रेसका महेन्द्र यादवलाई पराजीत गर्दै एमालेका रघुवीर महासेठ निर्वाचित भएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को बिहान ९ बजेसम्म सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका रघुवीर महासेठ १२४ मतले निर्वाचित भएका छन् । बाँकी छ ।
निर्णायक मानिएको मिथिला नगरपालिका वडा नम्बर ११ को बाकस खुलेपछि एमालेका महासेठलाई यादवभन्दा करिब दोब्बर मत आएपछि उनी विजयी भएका हुन् ।
महासेठले कुल ३२ हजार २ सय ३६ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी महेन्द्र यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…