रेल्वेले निकाल्यो कर्मचारी भर्ना, १० कर्मचारी माग, पहिलो फारामको पैसा कहिले हुन्छ फिर्ता ?
विभिन्न पदको लागि नेपाल रेल्वे कम्पनीले निकालेको विज्ञापनको लागि करिब ३६ हजार आवेदन परेको थियो । आवेदकले १ हजार देखि १५०० सम्म आवेदन दस्तुर बुझाएको थियो, त्यो अहिलेसम्म फिर्ता गरिएको छैनन् ।

२०७९ मंसिर १२ सोमबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न पदको लागि नेपाल रेल्वे कम्पनी लिमिटेडले १० जना कर्मचारी माग गरेको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा १० जना कर्मचारी माग गरेको छ । आईतबार विज्ञापन निकाल्दै रेल्वे कम्पनीले स्टेशन मास्टरसहित १० जना कर्मचारी माग गरेको हो ।
कम्पनीले निकालेको विज्ञापनमा स्टेशन मास्टर ४ जना, रेल चालक ४ जना ट्रयाक ईन्जिनीयर १ जना र एयर कन्डिसनर ईन्जिनीयर टेक्सीनिसियन १ जना गरी कुल १० जना माग गरेको हो ।
विज्ञापनमा रेल चालकको लागि रेल चालकको लाईसेन्स प्राप्त गरी कम्तीमा ५ बर्ष रेल चलाएको अनुभव प्राप्त कर्मचारी माग गरेको हो ।
यस्तै, स्टेशन मास्टरको लागि स्नातक तह उतिर्ण गरी कम्तीमा ५ बर्षसम्म स्टेशन मास्टरको रुपमा अनुभव प्राप्त गरेको योग्यता खोजेको छ ।

टरयाक ईन्जिनीयरको लागि सिभिल ईन्जिनीयरिँगमा कम्तीमा डिप्लोमा गरेको र ट्रयाक ईन्जिनीयरिँगको क्षेत्रका कम्तीमा ३ बर्षको अनुभव प्राप्त भएको कर्मचारी माग गरेको हो ।
त्यस्तै, एयर कन्डिसनर ईन्जिनीयर टेक्नीसियनको लागि ईलेक्ट्रीकल वा एयरकन्डिसनर विषयमा डिप्लोमा उतीर्ण गरी एयर कन्डिसन मर्मत सम्भारमा ३ बर्ष काम गरेको अनुभवीलाई खोजेको हो ।
आवेदनको लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन विज्ञापनमा भनिएको छ । विज्ञापन मँसिर ११ गते प्रकाशित भएको हो ।
यता, रेल सँचालन हुनुभन्दा पहिले हजारौँ आवेदकबाट उठाएको आवेदन शुल्क अझै फिर्ता गरेको छैनन् । नेपाल रेल्वे कम्पनीका तत्कालिन महाप्रबन्धक गुरु प्रसाद भट्टराईकै पालामा हजारौँ आवेदकबाट उठाएको लाखौँ रुपैयाँ अझै फिर्ता भएको छैनन् ।
विभिन्न पदको लागि नेपाल रेल्वे कम्पनीले निकालेको विज्ञापनको लागि करिब ३६ हजार आवेदन परेको थियो । आवेदकले १ हजार देखि २००० सम्म आवेदन दस्तुर बुझाएको थियो, त्यो अहिलेसम्म फिर्ता गरिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…