धनुषा निर्वाचन क्षेत्र नं. ४ मा महासेठ र यादवबीच पटका–पटकी
काँग्रेसका महेन्द्र यादवले अहिलेसम्म २६ हजार ५ सय १० मत प्राप्त गरेका छन् भने एमालेका रघुवीर महासेठले २५ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् ।

२०७९ मंसिर १२ सोमबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा अहिले एमालेका रघुवीर महासेठ र काँग्रेसका महेन्द्र यादवबीच घमासान प्रतिस्पर्धा चलिरहेको छ ।
सोमबार विहान ७ बजेसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसका महेन्द्र यादवले अग्रता लिएका छन् । आईतबार साँझसम्म रघुवीर महासेठले अग्रता लिएका थिए ।
रातभरिको मतपरिणाम अनुसार महेन्द्र यादवले विहानसम्म ५४१ मतले अग्रता लिएको हो ।
काँग्रेसका महेन्द्र यादवले अहिलेसम्म २६ हजार ५ सय १० मत प्राप्त गरेका छन् भने एमालेका रघुवीर महासेठले २५ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् ।
सोही ठाउँमा समाजिक सँजालमा चर्चामा रहँदै आएका स्वतन्त्र उम्मेदवार कृष्ण कुमार महतोले भने २ हजार ७ सय ५८ मत प्राप्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…