पुनः मतगणना गरिए म १५०० भोँटले जित्छु, यस क्षेत्रको साँसद मै हुँः उमाशंकर अरगरिया
उनले भने, –“सम्बन्धित मतपेटिकामा खस्नुपर्ने मत अर्को मतपेटिकामा खसेको भए सो मत बदर हुने भनेर उमाशंकर जी पनि हस्ताक्षर गर्नुभएको छ । त्यहाँ सर्वदलिय बैठकबाट भएको निर्णयलाई नमान्ने ? पहिले आफैँ निर्णय गर्ने अनि अहिले विरोध गर्नु त भएनन नी ? सर्वदलिय बैठकको निर्णय नभएको भए र पुनः मतगणनाको आधार भएको भए गर्न सकिन्थ्यो । तर, मतगणना सम्पन्नपछि अन्तिम नजिता प्रकाशनको क्रममा विरोध गर्नु भएन ।

२०७९ मंसिर ११ आइतबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ का एमालेका प्रत्यासी उम्मेदवार उमाशंकर अरगरियाले पुनः मतगणनाको माग गरेका छन् ।
अरगरियाले शनिबार जनकपुरमा विरोध रयाली निकाल्दै निर्वाचन अधिकृत धर्मा अवतार कोईरालालाई बर्खास्तीको माग गर्दै पुनः मतगणनाको माग गरेका हुन् ।
मतगणनाको क्रममा समानुपातिक मतको मतपेटिकामा सूर्य छापको ५०० भन्दा अधिक मत खसेको दाबी गर्दै उनले पुनः मतगणनाको माग गरेका छन् ।
निर्वाचन अधिकृत कोईरालाले नेपाली काँग्रेसका रामकृष्ण यादवलाई जिताउनको लागि चलखेल गरेको आरोप लगाउँदै उनले आफ्नो निवेदन समेत दर्ता नगरेको बताएका छन् ।
यता, निर्वाचन अधिकृत कोईरालाले पुनः मतगणनाको कुनै ठोस आधार नै नरहेको बताउँदै पुनः मगणना नहुने बताए । उनले निर्वाचन आयोगको मतगणना निर्देशिका बमोजिम पुनः मतगणनाको आधार नदेखिएकोले सो गर्न नसकिने बताए ।
मतगणनास्थलमा भएको सर्वदलिय बैठकको क्रममा सम्बन्धित मतपेटिकामा खस्नुपर्ने मत कुनै अन्य मतपेटिकामा खसेको पाईएमा सो मत बदर हुने सर्वदलिय सहमति भएको दाबी गर्दै उनले पुनः मतगणनाको कुनै तुक नरहेको बताए ।
उनले भने, –“सम्बन्धित मतपेटिकामा खस्नुपर्ने मत अर्को मतपेटिकामा खसेको भए सो मत बदर हुने भनेर उमाशंकर जी पनि हस्ताक्षर गर्नुभएको छ । त्यहाँ सर्वदलिय बैठकबाट भएको निर्णयलाई नमान्ने ? पहिले आफैँ निर्णय गर्ने अनि अहिले विरोध गर्नु त भएनन नी ? सर्वदलिय बैठकको निर्णय नभएको भए र पुनः मतगणनाको आधार भएको भए गर्न सकिन्थ्यो । तर, मतगणना सम्पन्नपछि अन्तिम नजिता प्रकाशनको क्रममा विरोध गर्नु भएन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…