डा. सिके राउतको उदघोषः शतप्रतिश साक्षरताका लागि साक्षरता सेनानी गठन गर्ने
निर्वाचनको क्रममा उनले गरेका शिक्षा, स्वास्थ्य, किसानको समस्या समाधान र रोजगारीको लागि गम्भिर रहेको जिकिर गरेका छन् ।

२०७९ मंसिर ९ शुक्रबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ
निर्वाचनको क्रममा उनले गरेका शिक्षा, स्वास्थ्य, किसानको समस्या समाधान र रोजगारीको लागि गम्भिर रहेको जिकिर गरेका छन् ।

२०७९ मंसिर ९ शुक्रबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारी मतान्तरले निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जितेपछि गृह जिल्लालाई १०० प्रतिशत साक्षरता बनाउन सेनानी गठन गर्ने उदघोष गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भएका डा. राउतले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रलाई केन्द्रीत गरी शतप्रतिशत साक्षरता बनाउन सेनानी गठन गर्ने निर्णय भएको बताएका छन् ।
देशभरिमै साक्षरता दर ६६ प्रतिशत रहँदा सप्तरी जिल्लामा मात्र ५४.५ प्रतिशत साक्षरता रहेको भन्दै आफ्नो क्षेत्रलाई साक्षर बनाउन साक्षर सेनानी गठनको जिकिर गरेका छन् ।
उनले यथाशिघ्र यी सेनानी गठन गरी आफ्नो कार्यकालको अन्त्यसम्म १०० प्रतिशत साक्षरता जिल्लाको रुपमा सप्तरीलाई बनाउने घोषणा गरेका छन् ।
सोही क्रममा गजेन्द्र नारायण सिँहले चलाउँदै आएको सप्तरी सेवा आश्रम जस्तै उनकै नामबाट आश्रम सँचालनमा ल्याउने उदघोष गरेका छन् ।
निर्वाचनको क्रममा उनले गरेका शिक्षा, स्वास्थ्य, किसानको समस्या समाधान र रोजगारीको लागि गम्भिर रहेको जिकिर गरेका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…