धनुषा २ मा रातभरि घमासान पटका–पटकीपछि काँग्रेसका यादव निर्वाचित
जनमत पार्टीका जय नारायण साहले भने ९ हजार ९ सय ९२ मत प्रात गरेका हुन् ।

२०७९ मंसिर ९ शुक्रबार, बिहान ४:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ को विहिबार बिहानैदेखि नेपाली काँग्रेसका रामकृष्ण यादव र एमालेका उमाशँकर अरगरियाबीचको मत पटका–पटकी जारी रहयो ।
विहिबार राती १२ बजेसम्म घमासान पटका–पटकी (प्रतिस्पर्धा) भएको धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा शुक्रबार बिहान ३ बजेसम्म पहलवानी चलेको थियो ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् । शुक्रबा बिहान ५ बजे निर्वाचन आयोगको वेभसाईटमा यादवलाई एमालेका उमाशंकर अरगरियाभन्दा १५७ मत अधिक अपडेट गरिएको छ ।
आयोगको वेभसाईटमा अन्तिम नतिजा प्रकाशित गरिएको हो । सो अनुसार काँग्रेसका रामकृष्ण यादव कुल २० हजार १ सय १२ मत प्राप्त गरेका छन् भने एमालेका उमाशंकर अरगरिया १९ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् ।
सोही क्षेत्रमा नेकपा एकिकृत समाजवादीका रामचन्द्र झाले भने १३ हजार ६ सय ५ मत प्राप्त गरेका छन् भने जसपाका गँगाराम यादव १२ हजार ९ सय १ मत प्राप्त गरेका हुन् ।
जनमत पार्टीका जय नारायण साहले भने ९ हजार ९ सय ९२ मत प्रात गरेका हुन् । रामकृष्ण यादवको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…