सिरहा १ मा एमालेका उम्मेदवार राम संकर यादव निर्वाचित

२०७९ मङ्सिर ८ बिहीबार
बेलुकी ६:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा।  सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका राम शंकर यादव निर्वाचित भएका छन् ।

यादवले सत्ता गठबन्धनका उम्मेदवारलाई २ हजार भन्दा बढी मतले पछि पार्दै सिरहा १ बाट निर्वाचित भएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका यादवले २९ हजार ४६२ मत प्राप्त गरेको छ ।

यादवले २९ हजार ४६२  मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पदम नारायण चौधरीले २७ हजार ३७९ मत ल्याए । यदवले २ हजार ८३ मतान्तरले चुनाव जितेका हुन् ।

यस्तै जनमत पार्टीका युगल किशोर साहले ६ हजार ८४५ मत प्राप्त गरेका छन् ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७९ मङ्सिर ८ बिहीबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus