धनुषा २ मा अरगरिया र यादवबीच पटका–पटकी, कसले मार्ला बाजी ?
विदेह नगरपालिकामा सूर्य छाप (एमाले) को सरकार रहेको छ । विदेह नगरपालिकाको वडा नम्बर ५ र ६ मा एमालेको मत बढने सम्भावना रहेको छ भने काँग्रेसले समेत केही मत ल्याउने देखिएको छ ।

२०७९ मंसिर ८ बिहीबार, दिउँसो ३:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार उमाशँकर अरगरिया र काँग्रेसका उम्मेदवार रामकृष्ण यादवबीच पटका–पटकी (तलमाथि) भईरहेको छ ।
मतगणना जारी रहँदा कुनै वडापिच्छै उमाशँकर अरगरिया र रामकृष्ण यादवको मत तलमाथि हुन थालेपछि समर्थकहरुको ढुकढुकी बढन थालेको छ ।
कुनै बेला उमाशँकर अरगरियाले अग्रता लिँदा त कुनै बेला रामकृष्ण यादवले अग्रता लिँदा मतगणनास्थलमा समर्थकहरुमा उत्साह र मायुसी सँगसँगै छाएको छ ।
झिनो मतान्तरले पटका–पटकी हुँदा दुवै दलका समर्थकहरुको ढुकढुकी बढेको हो ।
निर्वाचन आयोगको परिणाम अनुसार दिउँसो ३ बजेसम्म नेपाली काँग्रेसका रामकृष्ण यादवले १२५२५ मत प्राप्त गरेका छन् भने उमाशँकर अरगरियाले १२४७७ मत प्राप्त गरेका छन् ।
विदेह नगरपालिकामा सूर्य छाप (एमाले) को सरकार रहेको छ । विदेह नगरपालिकाको वडा नम्बर ५ र ६ मा एमालेको मत बढने सम्भावना रहेको छ भने काँग्रेसले समेत केही मत ल्याउने देखिएको छ ।
विदेह नगरपालिका वडा नं. ५ एकिकृत समाजवादीका प्रत्यासी मेयर राजकिशोर यादव समेत रहेकोले कलम छापको समेत मत बढने सँकेत देखिएको छ ।
धनुषाको औरही गाउँपालिका, हँसपुर नगरपालिका र जनकपुरधामको दुई वडामा काँग्रेसको मत बढने अनुमान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…