धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट रामअशिष यादव दोस्रो पटक निर्वाचित, विरुवा रोपेर विजय उत्सव
निर्वाचन कार्यालयले उनलाई अधिकारिक रुपमा विजयी घोषणा गरेपछि उनले बिरुवा रोपेर विजय उत्सव मनाएका छन् । दोस्रो पटक निर्वाचित भए लगत्तै उनले अबिर माला भन्दा पनि बिरुवा रोपेका हुन् ।

२०७९ मंसिर ८ बिहीबार, बिहान ११:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट राम अशिष यादव दोस्रो पटक साँसदमा निर्वाचित भएका छन् ।
विहिबार बिहान ११ बजे सम्पन्न प्रदेशसभाको मतगणपछि जसपाका राम अशिष यादवले १० हजार ६१४ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका श्याम कुमार यादवले ९ हजार ५ सय ६६ मत ल्याएका हुन् ।
गँगा आरती जनकपुरका सँयोजक एवम् गँगासागर सफाई अभियान, क्लीन एण्ड ग्रीन जनकपुरका अभियानी, पर्यावरण अभियानी समेत रहेका यादवले मधेश सरकारको साँसदमा दोस्रो पटक निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यालयले उनलाई अधिकारिक रुपमा विजयी घोषणा गरेपछि उनले बिरुवा रोपेर विजय उत्सव मनाएका छन् । दोस्रो पटक निर्वाचित भए लगत्तै उनले अबिर माला भन्दा पनि बिरुवा रोपेका हुन् ।
उनलाई जनकपुर क्षेत्रमा कुशल अभियानीको रुपमा चिनिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…