सर्लाही ३ (ख) मा फराकिलो मतान्तरले हारे सरोज राय
निरन्तर जसपासँगै साँठगाँठमा रहेका सरोज रायले अन्तिम समयसम्म सो क्षेत्रबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनलाई जसपाको बागी उम्मेदवारको रुपमा समेत लिइएको थियो ।

२०७९ मंसिर ८ बिहीबार, बिहान ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट बागी उम्मेदवारी दिएका सरोज राय भारी मतान्तरले पराजीत भएका छन् ।
विगतदेखि नै जनता समाजवादी पार्टी (जसपा) नेपालसँग अप्रत्यक्ष आवद्ध रहेका सरोज राय जसपाकै उम्मेदवारबाट पराजीत भएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट जसपाका सँजय कुमार यादव १३१९० मत ल्याएर विजयी भएका छन् । सरोज राय भने स्वतन्त्र उम्मेदवारी दिएर लालटिन छापबाट ८३४८ मत ल्याएर पराजीत भएका छन् । सरोज राय ४ हजार ८ सय ४२ मतले पराजीत भएका हुन् ।
निरन्तर जसपासँगै साँठगाँठमा रहेका सरोज रायले अन्तिम समयसम्म सो क्षेत्रबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनलाई जसपाको बागी उम्मेदवारको रुपमा समेत लिइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…