उपेन्द्र यादवको घाउमाथि सरिता गिरीको नमक 'उपेन्द्र जी पीडा बुझ्नुभयो ?'
उनले राजनीतिमा उपेन्द्र यादवभन्दा सिनियर रहेको बताएकी छन् । उनले आफूलाई सडकमा पुरयाउनेको हालातप्रति खुसीभन्दा पनि उनको हैसियत भावना मार्फत दर्साएकी हुन् । अहिले सप्तरी २ मा मतगणना जारी रहेको छ । अहिलेसम्मको अपडेट अनुसार डा. सिके राउत फराकिलो मतले अग्रता कायम राखेका छन् ।

२०७९ मंसिर ६ मंगलबार, बिहान ९:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मँसिर ४ गते सम्पन्न भएको प्रतिनीधिसभा तथा प्रदेशसभा चुनावको लागि मतगणना जारी रहँदा पुरानो नेताहरुको अनुहार समेत बाहिर आएको छ ।
अहिले देश र समग्र मधेश प्रदेशकै ध्यान केन्द्रीत रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका डा. सिके राउतले भारी मतान्तरको अग्रता लिएपछि पूर्व साँसद सरिता गिरीले तन्ज कसेकी हुन् ।
सरिता गिरीलाई उपेन्द्र यादवले पार्टीबाट निकालेपछि उनले भोगेको पीडा बयान गर्दै सरिता गिरीले अहिले उपेन्द्र यादवमाथि तँज कसेकी हुन ।
उनले आफ्नो फेसबुक पेजमा उपेन्द्र यादवलाई आफ्नो पीडा सुनाउँदै अहिले उपेन्द्र यादवले भोगिरहेको राजनीतिक पीडा समेत महसुस गराएकी हुन् । भारी मतान्तरले पछाडी परेका उपेन्द्र यादवको घाउमा सरिता गिरीले शब्दको नुन छर्किदिएकी हुन् ।
उनले आफ्नो फेसबुक पेजमा लेखेकी छन् – “उपेन्द्र जी
पीडा भनेको के हुन्छ शायद थाहा पाई राख्नु भएको छ होला। तपांई ले पार्टी बाट मलाई झुठो आरोप लगाई निकाले पछि कसैलाई भन्नु भएको थियो अब सरिता गिरी को राजनिित सकिन्छ । मइले पीडा मनमा दबाई राखेको थिएँ र यति वर्ष को राजनीति पछि स्वतन्त्र उम्मेदवार भई हाथमा पर्चा पैम्पलेट लिएर घाममा हिंडदा दबिएर बसेको पीडा खुट्टा बाट धरती मा प्रवाह हुन्थियो र बोली बाट वायुमा जान्थियो । तपांई ले मलाई सडकमा पुर्याई दिनु भएको थियो । म सडकमा छु तर जनता बीच रहने छु । तपांईका लागि सप्तरी २ मा पछिल्लो चुनावमा प्रचारमा दिन रात काम गरेको पनि सम्झी रहेको छु । मैले केही न मांग्दा तपांईले मलाई सभासद बनाउनु भएको थियो तर आफ्नो संसदीय दलको उपनेता मलाई सडकमा पुर्याउन पनि बेर लगाउनु भएको थिएन ।
म राजनीतमा तपांई भन्दा सीनियर छु, उपेन्द्र जी ।”
उनले राजनीतिमा उपेन्द्र यादवभन्दा सिनियर रहेको बताएकी छन् । उनले आफूलाई सडकमा पुरयाउनेको हालातप्रति खुसीभन्दा पनि उनको हैसियत भावना मार्फत दर्साएकी हुन् ।
अहिले सप्तरी २ मा मतगणना जारी रहेको छ । अहिलेसम्मको अपडेट अनुसार डा. सिके राउत फराकिलो मतले अग्रता कायम राखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…