सिरहा ४ मा छत्ता र कलमलाई लाउडस्पीकरको डर, अझै भएनन मतगणना सुरु
केही बेरपछि पुनः मतगणनाको लागि सर्वदलिय बैठक बस्ने भएको छ ।

२०७९ मंसिर ५ सोमबार, दिउँसो २:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को सर्वदलिय बैठक बिना निष्कर्षको टुँग्एिको छ ।
सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट जसपाबाट डा. बिरेन्द्र महतो, जनमत पार्टीबाट बीरेन्द्र प्रसाद साह र एकिकृत समाजवादी पार्टीबाट धर्मनाथ प्रसाद साहको चर्चा देखिएको छ ।
मँसिर ४ गते आईतबार सम्पन्न भएको प्रतिनीधिसभा तथा प्रदेशसभा चुनावपछि सोमबार बिहानैदेखि भएको मतगणनामा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाको मतपरिणामले जनमतको गुपचुप भोँट पाइएपछि आनाकानी भएको बुझिएको छ ।
मतगणनाको लागि सर्वदलिय बैठक बसेपनि निष्कर्षविहिन सम्पन्न भएको हो । एक पक्षले वडास्तरीय मतगणना हुनुपर्ने अडान राखेका छन् भने अर्का पक्षले बक्सा मिक्स गरी मतदान गर्नुपर्ने अडानले सहमति हुन सकेको छैनन् , यद्यपी जसपा र समाजवादीलाई जनमतको गोप्य भोँटले डराएको प्रतिmिक्रया मतगणनास्थल बाहिर चलेको छ ।
केही बेरपछि पुनः मतगणनाको लागि सर्वदलिय बैठक बस्ने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…