सिरहा क्षेत्र नं. २ को एक बुथमा झडप
मतदान केन्द्रमै गएर हो हल्ला गरेपछि त्यहाँ खटेको प्रहरीले उनीहरुलाई लखेटेपछि समान्य झडप भएको बताइएको छ । केही बेर सो मतदान केन्द्रमा तनाव भएपछि मतदान कार्य भने रोकिएको छैनन् ।

२०७९ मंसिर ४ आइतबार, दिउँसो ४:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को एक मतदान केन्द्रमा झडप भएको छ ।
सिरहा निर्वाचन क्षेत्र नम्बर २ को ज.क. माध्यमिका विद्यालय गौरीपुरको मतदान केन्द्रमा झडप भएको हो । अर्नमा गाउँपालिका वडा नम्बर २ को सो मतदान केन्द्रमा एमाले–जसपा गठबन्धनका कार्यकर्ताहरुले हो हल्ला गरेपछि झडप भएको थियो ।
मतदान केन्द्रमै गएर हो हल्ला गरेपछि त्यहाँ खटेको प्रहरीले उनीहरुलाई लखेटेपछि समान्य झडप भएको बताइएको छ । केही बेर सो मतदान केन्द्रमा तनाव भएपछि मतदान कार्य भने रोकिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…