सर्लाहीमा झडप हूँदा एक वृद्धको मृत्यू, आधा दर्जन घाईते
घाइतेहरूको जिल्लाको प्रदेशिक अस्पताल मलंगवा तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।

२०७९ मंसिर ४ आइतबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
गोडैटा नगरपालिका–६ मा दुई समूहबीच झडप हुँदा गोडैटा नगरपालिका–६ का ६५ वर्षीय राम केवल रायको मृत्यु भएको हो । शनिबार राति झडपमा परी गम्भीर घाइते भएका रायको उपचारका क्रममा आइतबार जनकपुरमा मृत्यु भएको हो ।
घटनामा दुवैतर्फबाट ढुंगामुडा भएको प्रहरीले जनाएको छ । झडपमा परी दुवै समूहका आधा दर्जन घाइते भएका छन् ।
घाइतेहरूको जिल्लाको प्रदेशिक अस्पताल मलंगवा तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।
झडपमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…