सिरहाः जसपा र समाजवादीबीच भोँटको बक्सा खोसाखोस भएपछि बुथमै चल्यो गोली
स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भएको मतदान केन्द्रमा समस्या समाधान गरी मतदान सुरु गरिएको छ।

२०७९ मंसिर ४ आइतबार, बिहान १०:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित एक मतदान केन्द्र (बुथ) मा गोली चलेको छ ।
सिराहाको निर्वाचन क्षेत्र नम्बर ४ को कर्जन्हा नगरपालिकाका वडा नम्बर ६ को जनता मावि बडहरामाल बुथमा गोली चलेको हो।
जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुनथालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।
स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए ।
एउटै राजनीतिक दलको दुई वटा पोली एजेन्ट बुथमा बसेपछि विवाद सुरु भएको थियो ।
माओवादीको पोलि एजेन्टले मतदान अधिकृत विरुद्ध हल्ला गर्न थालेपछि अवस्था बिग्रेको थियो । सबै पार्टीबाट दुई दुई जना पोलिएजेन्ट खटाईएकोमा सो वडाका वडाध्यक्षले एक एक जना मात्र बस्न भनेपछि सुरु भएको थियो विवाद ।
मतपेटिका तानातानले केहीबेर तनाव भएको मतदान केन्द्रमा समस्या समाधान गरी मतदान सुरु गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…