जनकपुरः एभरेष्ट पेपर मिलको बेल्टमा किचेर एक मजदुरको मृत्यू, धर्नामा परिवारजन
घटना स्थलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका टोली मुचुलका उठाइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरिक्षक बेचन यादवले बताए ।

२०७९ मंसिर ३ शनिबार, दिउँसो १:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरस्थित सँचालनमा रहेको एभरेष्ट पेपर मिलमा एक कामदारको किचेर मृत्यू भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर स्थित रहेको एभरेष्ट पेपरको भुसा ओसारने वेल्टमा बेरिएर एक मजदुरको मृत्यू भएको हो ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ९ औरहा स्थायी बासिन्दा तथा हाल वडा नम्बर ५ सिन्धुलीटोल बस्ने गौरी प्रसाद श्रेष्ठको छोरा अन्दाजी वर्ष ३७ को मनोज श्रेष्ठ को मृत्यू भएको हो ।
.jpg)
शनिवार बिहान करिब ९ बजे भुसा ओसारने क्रममा वेल्टमा फँसेर उनको ज्यान गएको प्रत्यदर्शीहरुलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका टोली मुचुलका उठाइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरिक्षक बेचन यादवले बताए ।
यता, मृतक श्रेष्ठका परिवारजनले उचीत राहत, एक जनालाई जागिर दिनुपर्ने मागसहित मिलको गेटमा धर्ना दिएको हो । पेपर मिलको व्यवस्थापन समिति र परिवारजनबीच छलफल जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…