एमालेसँग गठबन्धन गरेपछि राजकिशोर र काँग्रेसकी चित्रलेखाको विकल्प खोज्दै मतदाता
सो क्षेत्रबाट अन्य दलहरुले उम्मेदवार खडा गरेपनि राजकिशोर र चित्रलेखा यादवको चर्चा अधिक देखिएको छ ।

२०७९ मंसिर १ बिहीबार, राति ९:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको निर्वाचन क्षेत्र नम्बर २ बाट चर्चामा रहेका नेपाली काँग्रेसकी उम्मेदवार चित्रलेखा यादव र जसपा–एमालेका साँझा उम्मेदवार राजकिशोर यादवलाई जनताले पत्याउन छाडेका छन् ।
सँगठन हिसाबले दुवै उम्मेदबार आ–आफ्नो ठाउँमा बलियो देखिएपनि यसपालीको चुनावमा सो क्षेत्रका जनताले वैकल्पिक बाटो अपनाउन खोजेको सन्देश प्रवाह गर्न थालेका छन् ।
सधैँ मधेश विरोधी भनेर गाली गर्दै आएको एमालेसँग जसपाले गठबन्धन गरेपछि राजकिशोर यादवलाई विश्वासको तनाव भएको छ । उनलाई सो क्षेत्रको मतदाताले एमालेसँगको गठबन्धन गरेपछि रुष्ट मतदाताले विकल्प खोज्ने सन्देश दिएका छन् ।
सोही क्षेत्रबाट नेपाली काँग्रेसकी चित्रलेखा यादवले विकासको कारण मतदाताको अविश्वासको पात्र बनेकी हुन् । जितेर गएपछि जनता भेटन कहिले पनि नआएकी पूर्वमन्त्री चित्रलेखा यादवको विकल्प जनताले खोज्न थालेको आँकडा देखिएको छ ।
पटक पटक साँसद भएकी चित्रलेखा यादव जितेपछि जनतासँग कुनै सरोकार नै राख्ने, क्षेत्र विकासको लागि गर्नुपर्ने कार्यहरु नगरेपछि मतदाताको निशानामा परेकी छन् चित्रलेखा यादव ।
सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट पनि पटक पटक साँसद भई मन्त्री समेत भएका राजकिशोर यादवले आफ्नै क्षेत्रको हाल बेहाल पारेको उदाहरण दिँदै उनलाई यसपाली क्षेत्र नं. २ को जनताले अविश्वास प्रस्ताव आफैँमा राखि सकेका छन् । “जुन क्षेत्रबाट उहाँ पटक पटक जित्नुभयो, मन्त्री पनि बन्नुभयो, त्यो क्षेत्रमा अझै मोटरसाईकल चल्ने अवस्था छैनन सडकको, हाम्रो क्षेत्रको लागि नयाँ भएपनि उहाँको काम हामीले हेरिसकेका छौँ, चित्रलेखा यादव जी उस्तै, जितेर गएपछि जनताको घरमा पानी पस्यो, भूक्षय भयो, के भयो भनेर समस्या बुझ्न कहिले आएनन, हामीले उहाँमाथि पनि अविश्वास नै राखेका छौँ ।”– नवराजपुरका जगबिर यादवले भने ।
सिरहा निर्वाचन क्षेत्र नं. २ मा जसपा–एमालेका उम्मेदवार विजय कुमार यादवको पक्कड भने बलियो छ । प्रदेश साँसद र मन्त्री हुँदा उनले आफ्नो क्षेत्रमा गरेको विकासलाई त्यहाँका जनताहरुले रुचाएका छन् । ग्राउण्ड रिपोर्ट अनुसार, विजय कुमार यादवले प्रायः सबै वडामा समुदायिक भवन, पक्की सडक, सडक ग्राभेल, बाटो निर्माण, विद्यालय स्तरोन्नती, भवन निर्माण, कृषी अनुदानले सो क्षेत्रमा रुचाएका उम्मेदवार हुन् ।
तर, राजकिशोर यादव र चित्रलेखा यादवलाई भने सो क्षेत्रका जनताले अझै पत्याउन सकिरहेका छैनन् । दुवै पुराना उम्मेदवार समेत रहेको र आफ्नै क्षेत्रलाई केही गर्न नसकेको अवस्थामा राजकिशोर र चित्रलेखालाई जनमतको टेन्सन हुने सँकेत देखिएको छ ।
सो क्षेत्रबाट अन्य दलहरुले उम्मेदवार खडा गरेपनि राजकिशोर र चित्रलेखा यादवको चर्चा अधिक देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…