सिरहा ४ का स्वतन्त्र उम्मेदवार सुरेन्द्र ठाकुर, एकलै प्रचार प्रसार गर्दै
न्यूज ब्यूरो , सिरहा । देशभर चुनावी सरगर्मी बढेको छ। राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने दलगत उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन् । सिरहा निर्वाचन क्षेत्र नंं ४ को प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादी र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । सत्ता

२०७९ मंसिर १ बिहीबार, दिउँसो १:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो , सिरहा । देशभर चुनावी सरगर्मी बढेको छ। राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने दलगत उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन् ।
सिरहा निर्वाचन क्षेत्र नंं ४ को प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादी र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार धर्मनाथ साह र नेकपा एमाले र जसपाको तर्फा बाट बिरेन्द्र महतो बीच कडा प्रतिस्पर्धा हुने भएको हो ।
धर्मनाथ साह र बिरेन्द्र महतो दुवै टेस्टेड उम्मेदवार हुन्। चर्चा कमाएका राजनीतिक दलका उम्मेदवार भए पनि जनताको अपेक्षा अनुसार काम नभएकाले अहिले स्वतन्त्रबाट उम्मेदवारी दिएको दावी गर्छन, सुरेन्द्र कुमार ठाकुर ।
तीनै जना उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार सुरेन्द्र कुमार ठाकुरले आफ्नो विचार र राजनीतिक एजेन्डाले कडा टक्कर दिएको हो। युवा एवं उद्यमशील समेत रहेका स्वतन्त्र उम्मेदवार ठाकुरप्रति युवाहरूको निक्कै आकर्षण रहेको छ ।
नयाँ पुस्ता र शिक्षित् व्यक्तिहरु उनको लागि अनुकूल देखिए पनि जितका लागि निर्णायक पुराना मतदाताको विश्वास जित्नुपर्ने चुनौती छ । एकीकृत समाजवादी र जसपाका उम्मेदवार पुराना अनुहार रहेका छन् भने सुरेन्द्र ठाकुर युवा उम्मेदवार हुन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…