एमालेको सरकार बने मधेशको समस्या तीव्र समाधान हुन्छः जुली महासेठ
वडा नम्बर २५ मा मत माग्न पुगेकी जुली र ठाकुरलाई मतदाताहरुले ठाउँ–ठाउँमा माला लगाएर स्वागत गरेका थिए ।

२०७९ कार्तिक २६ शनिबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभाकी उम्मेदवार एमाले नेतृ जुली कुमारी महासेठले एमालेको सरकार बने मधेशको समस्या तीव्रगतिमा समाधान गर्ने बताएकी छन् ।
शनिबार घरदैलो अभियानलाई तीव्रता दिँदै उनले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहनास्थित बोल्दै एमालेको सरकार पुनः बनेपछि मधेशको समस्या समाधान द्रुत गतिमा गर्ने प्रतिवद्धता जनाइन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिएका दिपेन्द्र ठाकुरसँगै घरदैलो गरेकी नेतृ महासेठले सरकार बने लगत्तै मधेशको समस्या प्राथमिकतामा हुने बताइन् ।
सो क्रममा प्रदेश सभा सदस्य ठाकुरले मतदातालाई आफ्नो एजेण्डा जनता माझ बुझाउनका लागि घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । यसका साथै उनीहरुले मतदातासंग गठबन्धनका लागि मत मागेका थिए ।

वडा नम्बर २५ मा मत माग्न पुगेकी जुली र ठाकुरलाई मतदाताहरुले ठाउँ–ठाउँमा माला लगाएर स्वागत गरेका थिए ।
साथै, धनौजी गाउँपालिका वडा न ४ बाट आधा दर्जन नेता र कार्याकर्ताहरु ले कङ्रेस र लोसपा प्रत्याग गरि एमालेमा समेत प्रवेश गरेका थिए, त्यस्तै जनकपुर उपमहानगरपालिका लोहनाबाट समेत दर्जनौं व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…