मातृकालाई बायकट्ट गर्ने मुडमा गठबन्धनका मतदाता, कार्कीसँगको सेटिँगले किशोरीलाई फाईदा
अर्थात मातृका यादवमा नजाने भोट अन्य उम्मेदवारमा नजाओसे भनेर दिपक कार्कीले आफूतिर तान्ने प्रयास गरेका छन्। जसबाट मातृका यादवलाई फाईदा पुर्याउने प्रयास दिपक कार्कीले गरिरहेका छन्।

२०७९ कार्तिक २६ शनिबार, बिहान ९:१२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभा उम्मेदवार मातृका प्रसाद यादवलाई गठबन्धनका कार्यकर्ता मतदाताले बायकट्ट गर्ने मुडमा देखिएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रबाट पाँच दलिय गठबन्धनको तर्फबाट प्रतिनीधिसभाका उम्मेदवार रहेका मातृका प्रसाद यादवलाई गठबन्धनमध्ये बलियो रहेको नेपाली काँग्रेसका नेता कार्यकर्ताले उनलाई नपत्याउने मुडमा देखिएका छन् ।
माओवादी द्धन्द्धकालमा यादवले आफ्नै गाउँ क्षेत्रमा विभिन्न व्यक्तिहरुलाई यातना दिएको आरोपसहित केन्द्रमा गठबन्धन भएपनि उनलाई मत नदिने मुडमा रहेको मतदाताहरु बताउँछन् ।
पाँच दलिय गठबन्धनबाट अन्य दलका मतदाताहरुले उनलाई मत दिने मुडमा देखिएपनि काँग्रेसका अधिकाँश नेतृत्वकर्ता कार्यकर्ताहरुले उनलाई बायकट्ट गर्ने बताएका छन् ।
स्थानीय तहको चुनावको नतिजा माओवादीको लागि राम्रो आएपनि यसपाली पाँच दलिय गठबन्धनबाटै कार्यकर्ताहरु असन्तुष्ट भएपछि उनलाई बायकट्ट गर्ने मुड जनताहरुले दर्साएका छन् ।
यता, जनता समाजवादी पार्टी (जसपा) का दिपक कार्की र मातृक यादवबीचको सेटिँगले समेत पाँच दलिय गठबन्धनका अन्य दलका कार्यकर्ता मतदाताहरु असन्तुष्टि जनाउँदै मत नहाल्नेसम्म भनेका छन् ।
जसपाबाट उम्मेदवारी दिएका दिपक कार्कीलाई प्रयोग गरी मातृकाले बिग्रेका मतदातालाई आफ्नो तर्फ तान्ने प्रयासमा लागेको देखिएको छ । मातृका नरुचाउने वस्तीमा दिपक कार्कीलाई प्रयोग गरी मत असुल्ने दाउ लगाएका मातृकाको दाउ लगभग असफल हुने सँकेत देखिएको छ ।
स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार, समाजिक सँजाल र नयाँ अनुहारप्रतिको जनताको आकर्षणले समेत मातृकालाई सो क्षेत्रमा पुनः नदोहरयाउने मुडमा गठबन्धनका कार्यकर्ताहरु देखिएका छन् ।
यता, दिपक कार्कीलाई कुनै व्यापार व्यावसाय नभएपनि चुनावमा गरिने लाखौँ रुपैयाँको खर्चको फण्डिँग समेत मातृकाले गर्ने गरेको आरोप लगाइएको छ । गत २०७४ सालको चुनावमा पनि कार्कीलाई प्रयोग गरेका मातृकाले यसपाली पनि उनलाई प्रयोगमा ल्याउन सेटिँग मिलाएपछि एमालेसँग गठबन्धन गरेको जसपालाई समेत बायकट्ट गर्ने मुडमा एमालेका कार्यकर्ताहरु देखिएका छन् ।
घरदैलोमा पनि यादव र कार्कीबीच सेटिङ्ग
धनुषा निर्वाचन क्षेत्र नं. १ को विभिन्न स्थानमा मातृका प्रसाद यादव घरैदैलोमा जाने गरेका छन्। तीन पटक मन्त्री भएर पनि जनताका लागि कुनै काम नगरेको भन्दै मातृका यादवप्रति जनताहरु आक्रोसित बनेका छन्।
मातृका यादवको घरदैलोका क्रममा छिहत्तर विगहामा मातृका यादवमाथि जनताले ढुँगामुढासमेत गरेका थिए।
मातृका यादवलाई भोट नदिने स्थानमा दिपक कार्कीलाई मातृका यादवले खटाउने गरेका छन्। मातृका प्रसाद यादवलाई भोट नजाने स्थानमा अरु उम्मेदवारलाई भोट नजाओस् भनेर दिपक कार्की पुग्ने गरेका छन्। मातृका यादवबाट रुष्ट माओवादीकै नेताहरुलाई दिपक कार्कीले आफ्नो समूहमा प्रवेश गराउने गरेका छन्।
अर्थात मातृका यादवमा नजाने भोट अन्य उम्मेदवारमा नजाओसे भनेर दिपक कार्कीले आफूतिर तान्ने प्रयास गरेका छन्। जसबाट मातृका यादवलाई फाईदा पुर्याउने प्रयास दिपक कार्कीले गरिरहेका छन्।
किशोरी साहलाई फाईदा
एमाले पार्टीमा रहँदा निर्वाचित भएका किशोरी साह कमलले जनमत पार्टीबाट प्रतिनीधिसभाको उम्मेदवार भएपछि उनलाई सो क्षेत्रमा प्रत्यक्ष फाईदा हुने भएको छ । गठबन्धनपछि रुष्ट भएका मतदाताहरुले विकल्पको रुपमा किशोरी साहलाई मत फ्लो गर्ने मुड समेत दर्साएका छन् ।
न्यूज ब्यूरोको स्थलगत रिपोर्टिँग अनुसार ३ बस्तीमा आन्तरिक रुपमा गरिएको मुड सर्वेक्षणको क्रममा स्थानीयहरुको भनाईलाई मान्ने हो भने समाजसेवीको छवी समेत बनाएका किशोरी साहलाई सपोर्ट गर्ने मनसाय दर्साए ।
एमालेका कार्यकर्ता, मतदाताहरुले समेत किशोरीलाई सपोर्ट गर्ने देखिएका छन् । यद्यपी, उनीहरुले आफू कुन दलमा हो भने दर्साएनन् । तर, दिपक कार्कीको मातृकासँगको सेटिँगको चर्चाले मत हेरफेरर हुने सम्भवाना अधिक देखिएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…