उपेन्द्र यादवको बारेमा लेखेपछि सप्तरीबाट 'पहाडिया' भन्दै भगाउने धम्की !
उनले जोशीले त्यस्तो स्टाटस राख्न हुन्छ त ? भनी उल्टै प्रश्न गरे । तर उनले बजारको हल्ला भनेर राखेको स्टाटसलाई कारबाही गर्ने शैलीमा हप्काएनन् मात्र पहाडियालाई सप्तरीमा खतरा रहेको संकेतसमेत दिए ।

२०७९ कार्तिक २४ बिहीबार, बिहान १०:४० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । आफूलाई पत्रकार भनाउने जनता समाजवादी पार्टी (जसपा) का एक कार्यकर्ताले पहाडी समुदायलाई मधेशबाट भगाउने खुल्ला धम्की दिएका छन् ।
कथित पत्रकार भनाउँने जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवका कार्यकर्ता राजविराजका धर्मपाल राउतले धम्कीपूर्ण भाषामा पहाडिया लखेटेको भनी तर्साउन थालेका छन् ।
मंसिर ४ को निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा यादवका कार्यकर्ताहरुले मधेसबाट पहाडियाहरुलाई धपाएको र केहीलाई अझै धपाउन बाँकी रहेको धम्कीपूर्ण भाषा प्रयोग गरेको पाइएको हो ।
सप्तरी २ बाट चुनावी मैदानमा रहेका यादवले जसरी पनि चुनाव जित्नका लागि यादववाद त प्रयोग गरेका छन् नै आफू विरोधीहरुलाई ठेगान लगाउन अनेक प्रपञ्च रचेको पाइएको हो ।
सो क्रममा उपेन्द्रका कार्यकर्ताले पत्रकारलाईसमेत पनि धम्कीपूर्ण भाषाको प्रयोग गरेका हुन् । पत्रकार दिपेश जोशीले एक दिनअघि एउटा स्टाटस लेखेर उपेन्द्र यादवसँग नोट लिनु र अन्य उम्मेदवारलाई भोट दिनु भनेर बजारमा उखान आएको कुरालाई बाहिर ल्याए ।
उनले लेखेका थिए, ‘क्षेत्र नं २ बासी, बजारमा नयाँ उखान आएछ । यसै गरौं उपेन्द्र यादवसँग नोट लिनु अन्य उम्मेदवारलाई भोट दिनु ।’
माइसंचार डट कममा कार्यरत जोशीले लेखेको यो स्टाटसमा राजविराज टुडे दैनिकमा काम गर्ने आफूलाई पत्रकार नै भनाउने धर्मपाल राउतले भने आक्रामक र धम्कीपूर्ण भाषाले जवाफ दिए ।
जसपामा आवद्ध उनले जोशीलाई लेखे, ‘दिपेश जोशी धेरै बढी नबोल सबै पहाडी त भागि सकियो त जस्ता केही फटहालाई अब तह लगाउने बेला आयो सचेत भई हाल नभए यही चुनाबमा बुझिने छौ ।’
यो भनाइको मतलब जसपाले यसअघि नै पहाडीहरुलाई सप्तरीबाट भगाइसकेको र केहीलाई अब तह लगाउने बेला आएको भनेर तर्साउन खोजिएको छ । त्यतिमात्र होइन राउतले जोशीलाई पनि यही चुनावमा ठेगान लगाउने बताएका छन् ।

यसबाट उपेन्द्रले चुनाव जित्नका लागि साम, दाम, दण्ड, भेद सबैको प्रयोग गरेको स्पष्टै बुझ्न सकिन्छ ।
सप्तरीबाट धेरै पहाडियाहरु पलायन भएको अवस्था छ । र बाँकी पहाडियालाई पनि भगाउन कुनै कसर बाँकी नराख्ने यादवका कार्यकर्ताको भनाइबाट स्पष्ट हुन्छ ।
यस सम्बन्धमा जोशीले आफूले बजारको हल्ला भनेर जे सुनियो त्यसलाई स्टाटस बनाएर लेखेको तर राउतले भने धम्कीपूर्ण भाषा प्रयोग गरेर थर्काएको बताए ।
यसरी धम्की दिएको सम्बन्धमा बुझ्न खोज्दा राउतले सँचारकर्मीसँग धेरै बोलेनन् । उनले कुराको कुरामा भएको बताए ।
अनि पहाडियालाई धपाएको भनेर भन्नु भएको छ त भन्दा पनि उनले ‘कुरो त त्यही हो नि’ पनि भने ।
उनले जोशीले त्यस्तो स्टाटस राख्न हुन्छ त ? भनी उल्टै प्रश्न गरे । तर उनले बजारको हल्ला भनेर राखेको स्टाटसलाई कारबाही गर्ने शैलीमा हप्काएनन् मात्र पहाडियालाई सप्तरीमा खतरा रहेको संकेतसमेत दिए ।
राउतसँग थप बुझ्न खोज्दा भने उनले मोबाइल सम्पर्क विच्छेद गरे ।
हाम्राकुराबाट
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…