मातृकालाई मात दिने दाउमा किशोरी, कसले मार्ला बाजी ?
२०७४ को निर्वाचनमा किशोरी साह कमलको सहयोगमा मातृका यादवले संघमा चुनाव जितेका थिए । साह भने प्रदेश सभामा ठूलो मतान्तरले विजयी भएका थिए । यस पटक साह र यादव आमनेसामने परेका छन् ।

२०७९ कार्तिक २४ बिहीबार, बिहान १०:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बाट डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट चुनाव लडेका नेता किशोरी साह यसपाली मातृका प्रसाद यादवलाई मात दिने दाउमा लागेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभा सदस्यका उम्मेदवार किशोरी साह (कमल) ले नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृका प्रसाद यादवलाई मात दिने दाउमा लागेका हुन् ।
जनमत पार्टीका उम्मेदवार किशोरी साह कमल र नेकपा माओवादीका उम्मेदवार मातृका प्रसाद यादवबीच कडा प्रतिस्पर्धा हुने सँकेत देखिएको छ ।
२०७४ को निर्वाचनमा किशोरी साह कमलको सहयोगमा मातृका यादवले संघमा चुनाव जितेका थिए । साह भने प्रदेश सभामा ठूलो मतान्तरले विजयी भएका थिए । यस पटक साह र यादव आमनेसामने परेका छन् ।
यादव सत्ता गठबन्धनमा रहेका छन् । उनले यादव पुनः सोही क्षेत्रबाट मत असुल्न जातीय कार्ड समेत खेल्न लागेको आरोप लागिरहेको बेला किशोरी साहले नयाँ अनुहार र मातृकाको पुरानो रेकर्ड निकाल्दै मात दिने दाउमा लागेका हुन् ।
मातृकाले सो क्षेत्रमा जातीय मत पाउनको लागि नगर स्तरमा जतीय संगठन पुर्नगठन गरिरहेको सबैला नगरपालिका वडा नम्बर ४ पठेर्वाका संतोष यादवले जानकारी दिए । संतोष यादवका अनुसार जातीय भोटका आधारमा चुनाव जित्दै आएका मातृलाई यसपाली जातीय कार्डले काम नगर्ने सँकेत देखिएको बताए ।
यता, किशोरी साह कमल नेकपा एमालेबाट जनमत पार्टीमा प्रवेश गरेकोले एमालेको सहयोग रहने देखिन्छ । यसैगरी, साहको छबी समाजसेवी रहेकोले उनलाई नेपाली कांग्रेसले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको आन्तरिक श्रोतको दाबी छ ।
धनुषा निर्वाचन क्षेत्र नं. १ मा नगरप्रमुखहरुले पाएको मतको आधारमा जनमत पार्टीको ५ हजारको हारहारीमा मत रहेको छ ।
निर्वाचन अघि जनता समाजवादी पार्टी (जसपा) का धनुषा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट सिफारिस भएका उम्मेदवार ब्रहमदेव महतो पनि जसपाको संगठन लिएर जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका छन् ।
यसैगरी, धनुषा क्षेत्र नं. १ को (ख) बाट जसपाको उम्मेदवारमा सिफारिस भएका सुरेन्द्र मण्डल पनि जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार बनेका छन् । जनमत पार्टीबाट प्रदेशसभाको दुईटै निर्वाचन क्षेत्रमा उठेका उम्मेदवारहरु जसपाबाट आएका हुन् । त्यसकारण जसपाको ५० प्रतिशतभन्दा बढी अर्थात जसपाको ८ हजारभन्दा बढी मत जनमत पार्टीमा जाने हँसपुर नगरपालिकाका जसपाका नेता अशोक मण्डल बताउँछन् ।
माओवादी द्धन्द्धका क्रममा मातृका यादवको समूहले नेपाली कांग्रेसका दर्जनौं नेताहरुको हत्या र लुटपाट गरेको आरोप अझै खेपिरहेकोले उनलाई ती दलका मतदाताहरुले समेत वैकल्पिक उम्मेदवार खोजेको बताईन्छ ।
किशोरी साह कमल यसअघिको प्रदेश (क) बाट मात्रै १६ हजारभन्दा बढी मत ल्याएकोले उनको व्यक्तिगत मत पनि उनी फडको हान्ने विश्वास व्यक्त उम्मेदवार साहको छ ।
जातीय र समुदायिक आँकडाले पनि यसपाली मत बाँडफाँड भएपछि दुवै जनाबीच घमासान प्रतिष्पर्धा हुने सँकेत देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…