पार्टीको लौरो लिएर स्वतन्त्रको प्रचार,आयोगले दोस्रो पटक स्पष्टिकरण सोधेपछि सँकटमा 'शिव'
प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै लेखिएको स्पष्टीकरण पत्रमा अन्यथा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारीको गराइएको छ । स्पष्टीकरण पत्रमा भनिएको छ– ‘तपाईंलाई आयोगको प.सं.च.नं. २२/०७९/८० मिति २०७९ असोज ३० को पत्रबाट तपाईंले आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी

२०७९ कार्तिक २४ बिहीबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनीधिसभा सदस्यको लागि उम्मेदवारी दिएका एक उम्मेदवारलाई आफू स्वतन्त्र हुँ भनी गलत प्रचारवाजी गरेपछि निर्वाचन आयोगले दोस्रो पटक स्पष्टिकण सोधेको छ ।
प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै लेखिएको स्पष्टीकरण पत्रमा अन्यथा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारीको गराइएको छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ– ‘तपाईंलाई आयोगको प.सं.च.नं. २२/०७९/८० मिति २०७९ असोज ३० को पत्रबाट तपाईंले आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रचार गरेको बारे स्पष्टीकरण सोधिएकोमा तपाईंले हाम्रो नेपाली पार्टीको उम्मेदवार भइसकेपछि स्वतन्त्र भनी प्रचारप्रसार नगरेको, आगामी दिनहरूमा पनि प्रचारप्रसार नगर्ने, निर्वाचन आयोगको निर्देशन विपरीत कुनै पनि कार्य नगर्ने’ भनी स्पष्टीकरण पेश गर्नुभएको व्यहोरा अवगत नै होला ।
पत्रमा एकपटक प्रचलित निर्वाचन सम्बन्धी कानून, आयोगको निर्देशन र निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको विषयमा स्पष्टीकरण सोधी सकेको अवस्थामा पुनः सोही कार्य दोहोरिएको देखिएको उल्लेख गर्दै भनिएको छ, ‘तपाईंलाई निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो ?’ स्पष्ट पार्न भनिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…