आफैँ वकिल रहेका जसपाका उम्मेदवार दिपेन्द्र झा आचारसंहिताको धज्जिया उडाउँदै
निर्वाचन आचारसंहिताको परिच्छेद ४ को बुँदा नम्बर १३ को (ड) मा निर्वाचन आयोगले मल्टिकलरको फ्लैक्स बोर्ड झुण्डयाउन नपाउने, ३ फिट देखि ४ फिटभन्दा अधिक साईजको बोर्ड बनाउन नपाउने उल्लेख गरेपनि झाको घरदैलोमा सवारीमा ठुल ठुला फ्लैक्स बोर्ड लगाएको देखिएको छ ।

२०७९ कार्तिक २३ बुधबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । कुनै बेला मधेश प्रदेश सरकारको महान्यायधिवक्ता रहिसकेको जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार दिपेन्द्र झाले निर्वाचन आचारसंहिताको धज्जिया उडाएको भिडियोहरु सार्वजनिक भएको छ ।
आगामी चुनावको लागि जसपाबाट उम्मेदवारी दिएका वकिल समेत रहेका झाले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई मिचेर प्रचार प्रसार तथा घरदैलो गरिरहेको पाईएको छ ।
निर्वाचन आयोगले ४ फिटसम्मको मात्र कपडामा बोर्ड बनाएर प्रचार प्रसार गर्न पाउने भनिएपनि उनले ठुल ठुला फ्लेक्स बोर्ड लगाएर घरदैलो कार्यक्रम गरिरहेका छन् ।
निर्वाचन आयोगले मल्टिकलरको फ्लैक्स बोर्ड, ग्लुसाईन बोर्ड, डिजिटल बोर्ड लगाउन नपाउने नियम लागू गरिएपनि आफैँ वकिल रहेका उम्मेदवार झाले आचारसंहिताको धज्जिया उडाएका छन् ।
निर्वाचन आचारसंहिताको परिच्छेद ४ को बुँदा नम्बर १३ को (ड) मा निर्वाचन आयोगले मल्टिकलरको फ्लैक्स बोर्ड झुण्डयाउन नपाउने, ३ फिट देखि ४ फिटभन्दा अधिक साईजको बोर्ड बनाउन नपाउने उल्लेख गरेपनि झाको घरदैलोमा सवारीमा ठुल ठुला फ्लैक्स बोर्ड लगाएको देखिएको छ ।
आफूलाई कानुनको जानकार मानेका उम्मेदवार झाले निर्वाचन अचारसंहितको धज्जिया उडाउँदा उनीप्रतिको नागरिकको नजरियाले टिकाटिप्पणी भएको छ ।
२०७४ सालको चुनावमा तत्कालिन राजपा वर्तमान लोसपाको भोँट मागेका वकिल झाले प्रदेश सरकारमा अवसर नपाएपछि तत्कालिन संघीय समाजवादी फोरम (जसपा) बाट प्रदेशको महान्यायधिवक्ता बन्ने अवसर पाएपछि जसपासँग नजिकिएका थिए । उनी प्रदेश सरकारको महान्यायधिवक्ता हुँदा बखत नै मधेश प्रदेशका मुख्यमन्त्रीमाथि साईकल खरिदमा १० करोड भ्रष्टाचारको फाईल खुलेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…