स्पष्ट एजेण्डा, अप्ठ्यारो बाटो, मिशन र भिजन सहित हेभीवेटका उम्मेदवारलाई तर्साएका 'कृष्णा'
एकातिर नेकपा पाँच दलिय गठबन्धन र अर्कोतीर दलहरुको मिलेमतो तोड्दै उनीहरुको परम्परागत मत तान्ने र अर्कातिर युवा जमातलाई एकत्रित गर्ने चुनौतीमा देखिन्छन्, मिलन पाण्डे । समग्रमा उनी अप्ठ्यारो बाटोमा छन् ।

२०७९ कार्तिक २३ बुधबार, बिहान ८:०१ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । न कुनै तामझाम, न तडक भडक केवल समान्य हाउभाउ, खुट्टामा चप्पल, काँधमा गम्छा, एउटा झोला बोकेर हरेक दिन विहान देखि साँझ सम्म चुनावी प्रचारमा हिडछन् ।
धनुषा बटेश्वर गाउँपालिका १ चित्रपुरका कलाकार कृष्ण महतो आसन्न प्रतिनिधि÷प्रदेशसभा निर्वाचनका लागि स्वतन्त्रबाट धनुषा ४ बाट उम्मेदवार छन् ।
कृष्णको जीवन जति सामान्य छ त्यति नै सामान्य उनको चुनावी प्रचार–प्रसार शैली पनि छ । उनी एक्लै पैदल चुनाव चिह्न अङ्कित झण्डा फहराउँदै हात चुनावी पर्चा बोकेर बस्ती–बस्तीमा पुग्छन् । कतै अटो त कतै पैदल हिँड्दै स्वतन्त्र उम्मेदवार कृष्ण जनतालाई आफ्नो उम्मेदवारीको मिशन र भिजन बताउँदै मत माग्ने उनको दैनिकी बनेको छ ।
कृष्ण जनकपुरको एक टेलभिजन तथा सडक नाटकबाट चर्चित अनुहार भएकोले चौक चौराहा र गाउँ टोलमा कृष्ण भोट माग्न आएको खबर पाउना साथ उनी नजिक पुग्छन् ।
सधै टेलिभिजनको हास्यव्यङ्गय कार्यक्रममा हसाईरहेको देख्ने कृष्णाले बडो गम्भीरका साथ आफ्नो मिशन र भिजन बताउँदा सुन्नेहरु दंग हुन्छन् अनि आर्शीवाद दिएर पठाउने गरेको युवा सरोज कुमार महतो बताउँछन् ।
कृष्णको ल्वाईख्वाई र अभिव्यक्तिमा कुनै करकाप, छलछाम, अपत्यारिला शब्द हुँदैनन् । उनी बोल्दा न मञ्च हुन्छ, न कुनै साउण्ड सिस्टम नै, न कार्यकर्ताको लस्कर, हुन्छ त केवल कृष्ण र उनको आवाज । कृष्ण भेट्ने मतदाताले सरह जीवनशैली देखेर सहजै हाँसेरै मत दिने आश्वासन दिन्छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट हेभीवेटका नेताहरु पनि उम्मेदवारी दिएका छन्, तर सो क्षेत्रका जनताहरुले पुरानो नेतालाई रिप्लेस गर्ने मुडमा देखिएपछि कृष्णाको मिडियावाजी पनि उत्तिकै चुलिएको छ । सो क्षेत्रमा अहिले हेभीवेटका उम्मेदवारलाई कृष्णाले तर्साएका छन् ।
नेपाली फिल्महरुमा समेत अभिनय गरिसकेको कृष्णाको क्रेजले ख्याती कमाएका कृष्णलाई भेट्ने जो कोहि सर्वसाधारणले अबको पालो कृष्ण र कैंचीको भनेर जवाव फर्काउँछन् ।
वर्षौदेखि जनतालाई गुमराहमा राखेर देशलाई भ्रष्टाचार, कमिशन खोरीमा डुवाएका राजनीतिक दल, तिनका नेता र उम्मेदवारहरुको जालो काट्न कृष्ण कैंची चुनाव चिन्ह लिएर मत माग्दै आएको बटेश्वरका विजय सिंह बताउँछन् । उनी भन्छन, ‘उनको चुनावी प्रचारको शैली नै सबैभन्दा फरक छ । जो कोहीले पनि सुन्छन, त्यसैले विशेषत युवाहरुमा उनको क्रेज दिनानुदिन बढ्दै छ ।’
‘म आफै पनि निकै सङ्घर्ष गरेकाले गरिबी बुझेको छु, जीवनमा आइपर्ने पीडा पनि भोगेको छु,’ कृष्णाले भने, ’मैले पाएको दुःख अरुले नपाउन् भन्ने इच्छा भएकाले स्वतन्त्र राजनीतिमा होमिएको हुँ ।’ कृष्णका प्रतिस्पर्धी नेकपा एमालेका सचिव रघुबीर महासेठ, नेपाली काँग्रेसका सह महामन्त्री रामकृष्ण यादव, समाजवादी पार्टीका महाजन यादव सहितका प्रतिस्पर्धी छन् ।
’मसँग चुनावमा खर्च गर्ने धेरै पुँजी छैन,’ महतोले भने, ’अटोमा इन्धनको पैसा आफै जोहो गरेको छु भने पर्चा छपाइमा केही साथीहरुले सहयोग खर्च गरेको छ ।’ कृष्णले आफ्नो प्रतिस्पर्धीको रुपमा कसैलाई हेर्दैनन् । उनले कांग्रेस, एमाले लगायतका पार्टीका नेताहरुले केही नगरेपछि आफू स्वतन्त्र उम्मेदवार बनेको सुनाउँछन् । आफू दलीय व्यवस्थाको विरोधमा नभए पनि संविधानले दिएको अधिकार प्रयोग गरेको उनको भनाइ छ ।

‘लोकतन्त्रमा सबैभन्दा ठूलो जनता हो । राजनीतिक दललाई ठूलो बनाउने पनि जनताले हो । जनता सर्वोपरि हो, कृष्णले भने, ‘अहिले जनता धेरै बुझ्ने भएका छन् । जातीयता र वर्गीयताको नाममा कसैले भ्रामक प्रचार नगरे हुन्छ ।’ रेडियोग्राफी पढेका धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरका कृष्णले आफू जनताको काम गर्नका लागि उम्मेदवार बनेको बताउँछन् ।
एकातिर नेकपा पाँच दलिय गठबन्धन र अर्कोतीर दलहरुको मिलेमतो तोड्दै उनीहरुको परम्परागत मत तान्ने र अर्कातिर युवा जमातलाई एकत्रित गर्ने चुनौतीमा देखिन्छन्, मिलन पाण्डे । समग्रमा उनी अप्ठ्यारो बाटोमा छन् ।
‘नेता र डाईपर उस्तै हुन, निरन्तर परिवर्तन गरिरहनुपर्छ एउटै भए दुर्गन्ध बढ्छ’ म परिवर्तनको पक्षमा अब पनि सोच बदलिएन भने फेरि पाँच बर्ष सराप्दै बस्नुको औचित्य हुने छैन’ स्थानीय रविन्द्र महतो भन्छन, ‘अब परिवतर्नको समय आएको छ परिवर्तन गरेर देखाउने यही समय हो परिवर्तन गरौं ।’ संविधान कार्यान्वयनको अवस्थामा छ । संविधानलाई कार्यान्वयन गराउन सबै, सबै क्षेत्रबाट लागिरहँदा कलाकारहरु पनि त्यसमा संलग्न हुनु स्वभाविक हो । संविधान कार्यान्वयनको प्रमुख पाटो निर्वाचन हो । कालाकार हुँदैमा राजनीति गर्नु हुनु हुँदैन भन्न मिल्दैन । कुनै पनि कलाकारको राजनैतिक पृष्ठभूमिले दर्शक तथा श्रोताहरुलाई फरक पार्ला भन्ने नलागेको कालाकार रोहित साह बताउँछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…