कमलामा डा. सिके राउतको क्रेज
आगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ को विभिन्न वस्तीहरुमा घरदैलो गर्न गएको बेला सयौँको सँख्याको मोटरसाईकल रयाली र आम सर्वसाधारणको भीडमा उनी घेरिएका थिए ।

२०७९ कार्तिक २२ मंगलबार, दिउँसो ४:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चुनावको नतिजा जे भएपनि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतप्रतिको क्रेज मधेशमा बढदै गइरहेको छ ।
स्थानीय तहको चुनावमा शून्यबाट उठेका जनमत पार्टीले वर्तमान अवस्था अनुसार अनुकुल नतिजा ल्याएपछि डा. राउतप्रतिको क्रेज झन बढदै गएको छ ।
मँगलबार कार्तिक पूर्णिमाको दिन धनुषा र सिरहा जिल्ला जोडने पवित्र सरोवर कमला नदीमा स्नानको लागि जाँदा सयौँको सँख्यामा सर्वसाधारणको घुईँचो भयो ।
जतिसुकै बेला पनि डा. राउतले कुनै सभालाई सम्बोधन गर्न जाँदा सयौँ, हजारौँको सँख्यामा उनलाई सुन्न गाउँ–गाउँबाट सर्वसाधारणहरु आउनु कुनै नयाँ कुरा होइनन् । कार्तिक पूर्णिमा मेलामा पनि कमला स्नानको लागि कमला नदी गएका सर्वसाधारणहरुले केही बेर नुहाई धुवाई छाडेर डा. राउतलाई नै हेर्न भीड लगायो ।
आगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर ४ को विभिन्न वस्तीहरुमा घरदैलो गर्न गएको बेला सयौँको सँख्याको मोटरसाईकल रयाली र आम सर्वसाधारणको भीडमा उनी घेरिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…