जनकपुरः ओभरस्पीड भएर बोलेरो दुर्घटना, १ दिने शिशुको मृत्यू, ६ को अवस्था गम्भिर !
उनीहरुको उपचार घटनास्थलनजिकै रहेको लक्ष्मिनियाँको सेन्ट्रल हस्पिटलमा भइरहेको जनाइएको छ । केही जनाको अवस्था भने गम्भिर रहेको बुझिएको छ ।

२०७९ कार्तिक २० आइतबार, दिउँसो २:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित बोलेरो दुर्घटना हुँदा एक शिशुको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिकास्थित रहेको सेन्ट्रल हस्पिटल अगाडी अत्यधिक गतिको कारण बोलेरो दुर्घटना हुँदा शनिबार मात्र जन्मेकी एक शिशुको घटनास्थलमै मृत्यू भएको हो ।
एक दिन मात्र भएको सो शिशुलाई लिएर अस्पतालबाट घर जाँदै गरेको अवस्थामा भएको बोलेरो दुर्घटनामा परी शिशुको मृत्यू भएको हो ।
जनकपुरधामबाट ढल्केवरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अधिक गतिको कारण चालकले बोलेरो सम्हाल्न नसक्दा दुर्घटना हुन पुगेको धनुषाका प्रहरी प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
सो दुर्घटनामा परी धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ हरिहरपुर बस्ने अन्दाजी बर्ष २५ की सन्जु देवी महतोकी एक दिने छोरीको मृत्यू भएको हो ।
शनिबार मात्र अस्पतालमा छोरी जन्माएकी सन्जुले सन्तान गुमाएकी हुन् । यसको साथै सन्जुसहित अन्य छ जना घाईते भएका हुन् ।
उनीहरुको उपचार घटनास्थलनजिकै रहेको लक्ष्मिनियाँको सेन्ट्रल हस्पिटलमा भइरहेको जनाइएको छ । केही जनाको अवस्था भने गम्भिर रहेको बुझिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…