जनकपुरः रक्सी पसलबाट घुससहित प्रहरीको बरिष्ठ सई रँगेहात पक्राउ
यद्यपी, उनले पैसा किन र केको लागि लिएको भन्ने बारे अझै प्रष्ट गरिएको छैनन् ।

२०७९ कार्तिक १७ बिहीबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रबाट प्रहरीको एक बरिष्ठ सई घुससहित रँगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटि आएको टोलीले धनुषाको जटहीस्थित सीमा प्रहरी कार्यालयका बरिष्ठ सई देवकी लाल चौधरीलाई पक्राउ गरेको हो ।
बिहिबार दिउँसो उनलाई त्यहाँस्थित रहेको एक रक्सी पसलबाट ४ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा बर्दिवासले जनाएको छ ।
धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ जटहीस्थित विनायक इन्टरप्राइजेज नामक रक्सी पसलबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।
यद्यपी, उनले पैसा किन र केको लागि लिएको भन्ने बारे अझै प्रष्ट गरिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…