छोराले बुवाको चुनाव जित्ने अभियानमा लगाएको ग्रहण
चुनाव निर्णायक अवस्थामा पुग्न लागेको बेला परिबारबाटै बिद्रोह भएको बिद्रोहको व्यवस्थापन समयमै गर्न असफल भएका गंगाराम यादवका लागि गंभीर चुनावी क्षति भएको बताइन्छ ।

२०७९ कार्तिक १७ बिहीबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिष्पर्धी एकजना उम्मेदवारका पीडित छोराले राजनीतिक माहोललाई परिवर्तन गरिदिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा कुनै गठबन्धन छैन् ।सबै दलले उम्मेदवार उठाएको सो क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका गंगाराम यादव भन्ने आनन्द यादवलाई उनका छोराले ठूलो धक्का दिएका छन् ।
यादवको दुई श्रीमती मध्ये जेठीपट्टीका छोरा अमित यादवले परिवारलाई न्याय गर्न नसक्ने नेताले क्षेत्र र देशवासीकासाथ कसरी न्याय गर्ने ?.श्रीमतीपट्टीका सन्तानहरु सकृयताका साथ लागेका छन् ।
विदेशमा उच्च शिक्षा प्राप्त गरेका कान्छी श्रीमतीपट्टीका सन्तानहरुले चुनावको प्रारम्भिक चरणमा बनाएको अनुकुल वातावरणलाई अमित यादवले बीचमा पुग्दा बिथोलिदिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ का मतदाता रहेका श्रीप्रसाद यादवले अमितको अभिव्यक्तिपछि मतदान गर्ने मनशाय परिवर्तन गरेका छन् ।
उनी प्रदेश सभा ‘ख’मा जसपाका उम्मेदवारलाई मतदान गर्ने बताएपनि प्रतिनिधि सभामा काँग्रेसलाई मतदान गर्ने धारणा सार्वजनिक रुपमा व्यक्त गर्न थालेका छन् ।
राजनीतिक विश्लेषक प्राध्यापक परमेश्वर कापडीका अनुसार गंगाराम यादवको छोरा विपक्षमा उत्रिएपछि उनको राजनीतिक उचाइलाई तल झारेको छ ।
अमित यादवले दिएको अभिव्यक्तीबाट एमालेलाई फाइदा नपुगेपनि जसपाका उम्मेदवार गंगारामलाई भारी क्षति भएको कापडीको कथन छ ।
चुनाव निर्णायक अवस्थामा पुग्न लागेको बेला परिबारबाटै बिद्रोह भएको बिद्रोहको व्यवस्थापन समयमै गर्न असफल भएका गंगाराम यादवका लागि गंभीर चुनावी क्षति भएको बताइन्छ ।
अमित यादवले पैतृक सम्पत्तीमा सम्मानजनक हिस्सेदारी नदिएको र पिताको जिम्मेवारी समेत निर्वाह नगरेको आरोप लगाएका छन् ।अमित यादव सार्वजनिक रुपमा नै एमालेमा प्रवेश गरिसकेका छन् ।
एमालेले अमितको कथनहरुलाई समाजिक सञ्जालमार्फत व्यापक प्रचार गरिरहेको छ ।तर त्यसबाट प्रत्यक्ष फाइदा काँग्रेसका उम्मेदवार रामकृष्ण यादवलाई पुगेको विश्लेषकहरुको कथन छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…