
न्यूज ब्यूरो, जनकपुरधाम । भन्छन्–“जब गिदरकी मौत आती है तो वो शहर की तरफ आती है” यस्तै भएको छ मधेश प्रदेशको बर्दिवासमा ।
विगत एक सातादेखि बितण्डा मच्चाउँदै करिब आधा दर्जन व्यक्तिलाई गम्भिर घाईते बनाएका नरभक्षी स्याललाई सशस्त्र प्रहरीले मार्न सफल भएका छन् ।
विगत एक हप्तादेखि बर्दिवास नगरपालिका वडा नम्बर ४ माईस्थानस्थित आधा दर्जन व्यक्तिलाई टोकेर घाईते बनाएका सो स्याललाई सशस्त्र प्रहरीले मँगलबार बिहान मारेका छन् ।
नरभक्षी स्यालले टोकेर ५ जनालाई गम्भिर घाईते तुल्याएपछि उनीहरुको उपचार स्थानीय स्तरमा सम्भवन नभएपछि उनीहरुलाई काठमान्डौँ रिफर गरिएको हो ।
सशस्त्र प्रहरी बल छिनमस्ता बाहिनीमा परिसरमा पसेर दुई जना सशस्त्र प्रहरीका जवानलाई समेत आक्रमण गरेका स्याललाई मँगलबार बिहान करिब ५ बजेको समयमा लठ्ठीले नै मारिएको हो ।
सशस्त्र प्रहरीका जवान ईन्द्रलाल चौधरी र सुमन राउतलाई बाहिनीको परिसरमै पसेर आक्रमण गरेपछि स्याललाई बेतको लाठीले मारिएको हो ।
यसअघि २९ नम्बर गणको निरज गोले र पप्पु नुनियालाई आक्रमण गरी घाईते बनाएका थिए ।
बर्दिवास नपा ४ की बिभा आले मगर गम्भिर घाईते भएकी हुन् । उनको अनुहारमै आक्रमण गरेका स्यालले माथिल्लो ओठ खाईदिएको छ भने गालाको मासु समेत लुछिदिएको हो ।
यस्तै, सोही स्थानको तुलामाया राणा र तेज बहादुर राणालाई समेत घाईते बनाएको हो । स्याललाई मारेपछि आजै वन कार्यालयलाई जिम्मा लगाउने तयारी गरिएको हो ।
नमुना सरकारी स्कूल मावि गिद्धा बेलापट्टीमा होस्टेल र क्यान्टिन , गरिबले डेरा बस्नु नपर्ने
- २०७९ कार्तिक १५ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको नमुना समुदायिक विद्यालय मावि गिद्धा बेलापट्टिमा होस्टेल र क्यान्टीन सँचालनमा आएको छ । दुर दराजबाट विद्यालयमा अध्ययन अध्ययापनको लागि आउने गरिब, विपन्न विद्यार्थीहरुले मोटो रकम
पूरा पढ्नुहोस्