जनकपुरः मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू, दुई जना घाईते
दुर्घटनापछि गम्भिर घाईते भएका रितेशको अवस्था नाजुक भएको थियो । उल्टो साँस फेर्दै गर्दा प्रहरी चौकी तिनकोरियाले एम्बुलेन्स बोलाएर अस्पताल पठाएको थियो । अस्पतालमा उनलाई मृत घोषित गरिएको बताइएको छ ।

२०७९ कार्तिक १२ शनिबार, राति ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित मोटसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ ।
धनुषा जिल्लाको कमला नगरपालिका र विदेह नगरपालिकाको बीचमा शनिबार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् ।
शनिबार दिउँसो करिब २ः३० बजेको समयमा विदेह नगरपालिका वडा नम्बर ५ एकराहि मुडिबास्थित दुई मोटरसाईकल एक आपसमा जुध्दा विदेह नगरपालिका वडा नम्बर ७ जोगियाराका पूर्व वडाध्यक्ष श्याम यादवको बर्ष १९ को छोरा रितेश यादवको मृत्यू भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत तिनकोरियादेखि कमला तर्फ जाँदै गरेको डिस्कभर प्रदेश २–०२–००५ प ५३८१ नम्बरको मोटरसाईकलमा सवार यादव र विपरित दिशातर्फबाट आउँदै गरेको स १० प ७९७५ नम्बरको मोटरसाईकल जुध्दा दुर्घटना भएको हो ।
मोटरसाईकलमा सवार ५२ बर्षिय अमिन मिया कमलादेखि जनकपुरतर्फ आउँदै गरेका थिए भने रितेश तिनकोरियाबाट कमला तर्फ जाँदै गरेका थिए । गलत साईडमा गएर रितेशले मोटरसाईकल ठोकेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
तिनकोरियाबाट कमला तर्फ जाँदै गर्दा पूर्व पश्चिम हुलाकी सडकको दक्षिण तर्फ गएर मियाँको मोटरसाईकलमा ठक्कर दिएको बताइको छ । सो क्रममा उनको मोटरसाईकलको पछाडी सवार उनको साथीको अवस्था मध्यम रहेको छ भने मियाँको हात भाँचिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुर्घटनापछि गम्भिर घाईते भएका रितेशको अवस्था नाजुक भएको थियो । उल्टो साँस फेर्दै गर्दा प्रहरी चौकी तिनकोरियाले एम्बुलेन्स बोलाएर अस्पताल पठाएको थियो । अस्पतालमा उनलाई मृत घोषित गरिएको बताइएको छ ।
करिब ३ः३० बजेको समयमा उनको अस्पतालमा मृत्यू भएको बताईएको छ । जानकी हेल्थ केयरमा उनले अन्तिम साँस लिएको परिवारजनलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
तीव्र गतिको कारण गलत लेनमा गएपछि दुर्घटना भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…