धनुषाः साढे पाँच लाख रुपैयाँसहित कपाली तमसुक समेत चोरी
यता, प्रहरी चौकी माचि झिटकैयाका असई दशरथ प्रसाद यादवले सो घटनालाई तादरुकताको साथ लिएको तथा अनुसन्धान जारी रहेको बताए ।

२०७९ कार्तिक ११ शुक्रबार, राति ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिकास्थित एक घरबाट कपाली तमसुक समेत चोरी भएको छ ।
कमला नगरपालिका वडा नम्बर ३ पर्सा बस्ने स्थानीय विनोद मलखाद वितरण केन्द्र (डिलर) का सँचालक रामसुफल यादवको घरबाट दिपावली (तिहार) को बिहानपल्ट घरमा कोही नभएको मौका छोपेर ५ लाख ४० हजार रुपैयाँ नगद सहित कपाली तमसुक समेत चोरी भएको पीडित परिवारले जनाएको छ ।
तिहारमा रामसुफलकी श्रीमति आफ्नो माईत गएपछि घरमा कोही नभएको अवस्थामा नलको डन्डाले ताल्चा एवम् ढोका फुटाएर नगदसहित कपाली तमसुक चोरी गरेको प्रहरी चौकी माचि झिटकैयाले जनाएको छ ।
बाकसमा भएको सरसमान तथा घरमा विभिन्न तीन स्थानमा राखिएको ५ लाख ४० हजार नगद चोरी भएको पीडित परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
ब्याजमा लगाएको लगानीको कपाली तमसुक समेत छ्यासमिस गरेको बताइएको छ । सो कागजातबाट केही कागजात चोरी भएको हुन सक्ने अनुमान गरिएको छ ।
रामसुफलको घरदेखि करिब १५० मिटरको दुरीमा गाउँको पश्चिमतर्फ रहेको नगर डिहबारको मन्दिरको नल (कल) को डन्डा छुटाएर सोही डन्डाले ढोका फुटाएको बताइएको छ ।
पीडितका अनुसार, चोरी गर्ने व्यक्ति अझै पहिचान नभएपनि केही सबुत प्रमाण छाडेको बताएका छन् । उनले यकिन गरी चोर सार्वजनिक गर्ने बताउँदै यसको लागि प्रहरीले समेत निगरानी थालेको बताए ।
यता, प्रहरी चौकी माचि झिटकैयाका असई दशरथ प्रसाद यादवले सो घटनालाई तादरुकताको साथ लिएको तथा अनुसन्धान जारी रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…