महोत्तरीको पररियामा अनिश्तिकालिन कर्फ्यू
विहिबार दिउँसो हिन्दु सम्राटको शोभायात्रामा मुस्लिम समुदायका केही व्यक्तिले पत्थरबाजी गरेपछि झडप सुरु भएको थियो ।

२०७९ कार्तिक १० बिहीबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको पिपरामा दुई समुदायबीच झडपपछि उत्पन्न भएको अवस्था नियन्त्रण गर्न अनिश्चितकालिन कर्फ्यू आदेश जारी भएको छ ।
महोत्तरीको भँगहा नगरपालिका वडा नम्बर ८ पररियास्थित भएको दुई समुदायबीचको झडपपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले दुई पक्षबीचको तनाव शान्त पार्न अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो ।
हिन्दु सम्राट सेनाले विहिबार निकालेको शोभायात्रको क्रममा दुई समुदायबीच झडप भएपछि असमान्य अवस्थालाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
कुनै हिँसात्मक घटना हुन नदिनको लागि प्रशासनले अवस्था समान्य नहुन्जेलसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको हो ।

भंगहा नगरपालिका-८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
यता, भँगहाको पररियास्थित भएको झडपपछि उत्पन्न अवस्थालाई मध्यनजर गरी कुनै प्रकारको उच्छृँगल गतिविधि नगर्न आग्रह नगर प्रमुख सँजीव साहले गरेका छन् ।
उनले कही कतै कसैको बहकावामा नआई दुई समुदायबीचको अमन चयन कायम राख्न आग्रह गरेका छन् । प्रशासनले निषेधाज्ञा लगाएपछि सबैलाई पालना गरिदिन आग्रह गर्दै उनले शान्ती कायम राख्न आग्रह गरेका छन् ।
विहिबार दिउँसो हिन्दु सम्राटको शोभायात्रामा मुस्लिम समुदायका केही व्यक्तिले पत्थरबाजी गरेपछि झडप सुरु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…